शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुदूरपश्चिम प्रदेशद्वारा विद्युतीय कारदेखि मोटरसाइकलसम्मको वार्षिक करमा भारी वृद्धि

शनिबार, असार १ २०८१
सुदूरपश्चिम प्रदेशद्वारा विद्युतीय कारदेखि मोटरसाइकलसम्मको वार्षिक करमा भारी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार सवारीसाधनको वार्षिक कर प्रदेश सरकारले तोकेर उठाउन गरेको छ। बढेको कर आगामी आर्थिक वर्षदेखि लागु हुनेछ।

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले सवारीसाधनमा लाग्ने वार्षिक कर उल्लेख्य वृद्धि गरेको छ। शनिबार आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटसँग प्रस्तुत भएको आर्थिक विधेयबाट सवारीसाधनका वार्षिक कर बढाइएको हो। 

संवैधानिक व्यवस्थाअनुसार सवारीसाधनको वार्षिक कर प्रदेश सरकारले तोकेर उठाउन गरेको छ। बढेको कर आगामी आर्थिक वर्षदेखि लागु हुनेछ। 

सुदूरपश्चिम सरकारले निजी प्रयोजनका चारपांग्रे सवारीमा २ हजारदेखि ५ हजार रुपैयाँसम्म वार्षिक कर बढाएको छ। त्यस्तै सुदूर पश्चिमले विद्युतीय कारमा समेत वार्षिक कर बढाएको हो।

यस्तो छ विद्युतीय कारमा किलोवाट क्षमताअनुसारको वार्षिक करका दर :

चालु आवमा 

४९ किलोावाटसम्ममा १० हजार

५० किलोवाटदेखि १ सय २५ किलोवाटसम्ममा १५ हजार

१ सय २६ देखि २ सय २५ किलोवाटसम्ममा ३० हजार

२ सय २६ किलोवाटदेखि माथिमा ३० हजार 

आगामी आव २०८१/८२ का लागि बढाइएको कर

४९ किलोावाटसम्ममा १२ हजार

५० किलोवाटदेखि १ सय २५ किलोवाटसम्ममा १८ हजार

१ सय २६ देखि २ सय २५ किलोवाटसम्ममा २४ हजार

२ सय २६ किलोवाटदेखि माथिमा ३५ हजार 

यो वर्षदेखि ई रिक्सामा समेत कर लगाइएको छ। आगामी वर्षदेखि ई रिक्सालेवार्षिक कर ३ हजार रुपैयाँ तिर्नुपर्ने छ। 

यस्तो छ निजी कारमा चालु आव र आगामी आवदेखि लाग्ने सवारी कर : 

चालु आवको 

१ हजार सीसीसम्मका कारमा १९ हजार 

१ हजार १ देखि १५ सय सीसीसम्मका कारमा २१ हजार

१५ सय १ देखि २ हजार सीसीसम्मका कारमा २३ हजार

२ हजार १ देखि २५ सय सीसीसम्मका कारमा ३२ हजार

२५ सय १ देखि २९ सय सीसीसम्मका कारमा ३७ हजार 

२९ सय १ सीसीदेखि माथिका कारमा ५३ हजार 

आगामी आव २०८१/८२ का लागि बढाइएको कर

१ हजार सीसीसम्मका कारमा २१ हजार 

१ हजार १ देखि १५ सय सीसीसम्मका कारमा २३ हजार

१५ सय १ देखि २ हजार सीसीसम्मका कारमा २५ हजार

२ हजार १ देखि २५ सय सीसीसम्मका कारमा ३५ हजार

२५ सय १ देखि २९ सय सीसीसम्मका कारमा ४० हजार 

२९ सय १ सीसीदेखि माथिका कारमा ५८ हजार 

मोटरसाइकल तथा स्कुटरतर्फ 

चालु आवमा 

१ सय २५ सीसीसम्म २५ सय 

१२६ सीसीदेखि १५० सीसीसम्म ४५ सय 

१५१ सीसीदेखि २५० सीसीसम्म ५५ सय   

२५१ सीसीदेखि ४ सय सीसीसम्म ८ हजार

४०१ सीसीदेखि माथि ९ हजार   

आगामी आव २०८१/८२ का लागि बढेको कर 

१ सय २५ सीसीसम्म २६ सय 

१२६ सीसीदेखि १५० सीसीसम्म ४८ सय 

१५१ सीसीदेखि २५० सीसीसम्म ६ हजार  

२५१ सीसीदेखि ४ सय सीसीसम्म १० हजार

४०१ सीसीदेखि माथि ११ हजार ५ सय 


प्रकाशित : शनिबार, असार १ २०८११९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend