बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

संघकै भरमा कोशीको बजेट : सगरमाथा र लालीगुराँस महोत्सव गर्ने, इन्धनको कुपन वितरण रोक्ने

शनिबार, असार १ २०८१
संघकै भरमा कोशीको बजेट : सगरमाथा र लालीगुराँस महोत्सव गर्ने, इन्धनको कुपन वितरण रोक्ने

चालुतर्फ अत्यधिक खर्च हुँदै आएको इन्धन खर्चलाई नियमन गर्ने भएका छन्। इन्धन सुविधा पाउने कर्मचारी तथा पदाधिकारीलाई त्यसबापत मासिक रकम नै प्रदान गर्ने उनको बताएका छन्।

इटहरी- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेस गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार चालु आर्थिक वर्षको भन्दा सानो आकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

मगरले प्रस्तुत गरेको बजेटमा पर्यटन प्रवर्धनको लागि अन्तर्राष्ट्रिय सगरमाथा र लालीगुराँस महोत्सव गर्ने बताएका छन्। सगरमाथा सम्म पर्यटकलाई पुर्‍याउन सहज बनाउन चतरा सगरमाथा कोरिडोर निर्माणको लागि पहल गर्ने उनले बताए। 

कोशी प्रदेश भित्रका पर्यटकीय क्षेत्रको अनुसन्धान गर्ने पासाङ लाम्हु पर्यटन प्रतिष्ठान गठन गर्ने उनको भनाइ छ। कुम्भ मेला लाग्ने चतरा धामलाई ‘कुम्भ नगरी’ बनाउने प्रस्ताव बजेटमा उल्लेख गरेका छन्। विराटनगरको रथ यात्रालाई व्यवस्थित गर्ने देखी पाथीभरा हलेसीलगायत क्षेत्रको विकास गर्ने उनले बताए। 

सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने मगरले उल्लेख गरेका छन्। पुँजीगत खर्चलाई चालुमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने उनको भनाइ छ। चालुतर्फ अत्यधिक खर्च हुँदै आएको इन्धन खर्चलाई नियमन गर्ने भएका छन्। इन्धन सुविधा पाउने कर्मचारी तथा पदाधिकारीलाई त्यसबापत मासिक रकम नै प्रदान गर्ने उनको बताएका छन्। 

जडीबुटीको बजारीकरण गर्ने, स्थानीय रोजगारी प्रवर्द्धन गर्नेदेखि मानव हात्ती द्वन्द्व व्यवस्थापन गरिने बजेटमा समावेश गरिएको छ। घिनाघाट विराटचोक र कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माणमा आवश्यक बजेट विनियोजन भएको बताएका उनले विकास निर्माणमा स्थानीय निर्माण सामग्रीलाई प्रयोग गरी वातावरणमैत्री विकास गर्ने बताए। 

मगरले चालु खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख समावेश गरेका छन्। प्रदेशका १३७ पालिकाहरूलाई स्थानीय तहको विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ। 

मन्त्री मगरले सार्वजनिक गरेको बजेटको प्रमुख स्रोत संघीय सरकारको अनुदान रहेको छ। संघीय सरकारको अनुदानमा १२ अर्ब ४० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड व्यवस्थापनको हुने सरकारले प्रक्षेपण गरिएको छ।


प्रकाशित : शनिबार, असार १ २०८११७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend