शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्राधिकरणले यो वर्ष पनि बिजुली नकिने निजी क्षेत्रले उत्पादन गरेकाे अन्य बिजुली पनि नदिने इप्पानको घोषणा

शुक्रबार, जेठ ३२ २०८१
प्राधिकरणले यो वर्ष पनि बिजुली नकिने निजी क्षेत्रले उत्पादन गरेकाे अन्य बिजुली पनि नदिने इप्पानको घोषणा

नेपाल विद्युत प्राधिकरणले याे वर्ष पनि वर्षातमा बिजुली नकिने निजी क्षेत्रले उत्पादन गरेकाे अन्य बिजुली पनि नदिने इप्पानले घाेषणा गरेकाे हो।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले यो वर्ष पनि वर्षातको समयमा सम्झौताअनुसार बिजुली नकिने निजी क्षेत्रले उत्पादन गरेकाे अन्य बिजुली पनि नदिने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले घोषणा गरेको छ। 

याे वर्ष पनि वर्षातमा बिजुली नकिन्ने हाे भने एक हजार मेगावाट खेर जाने अवस्था रहेकाे बताउँदै सम्झाैताअनुसार प्राधिकरणले बिजुली खरिद नगरेमा अन्य बिजुली पनि नदिने घाेषणा इप्पानले गरेको छ। 

नयाँ कार्यसमिति निर्वाचित भएको एकवर्ष पुगेको अवसर एवं आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा इप्पानले यस्तो घोषणा गरेको हो।

नेपाल विद्युत प्राधिकरणले याे वर्ष पनि वर्षातमा बिजुली नकिने निजी क्षेत्रले उत्पादन गरेकाे अन्य बिजुली पनि नदिने इप्पानले घाेषणा गरेकाे हो।

३३ सय जडित क्षमतामा २३ सय मेगावाटभन्दा बढी निजी क्षेत्रले उत्पादन गरेकाे तर वर्षातको समयमा बिजुली नकिनेर गतवर्ष पनि ५ सय मेगावाट खेर गएकाे इप्पानले जनाएको छ। 

प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend