शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भारत एनसीएपी सेफ्टी रेटिङमा टाटा नेक्सन ईभी र पन्च ईभीले पायो ‘फाइभ स्टार’

बिहीबार , जेठ ३१ २०८१
भारत एनसीएपी सेफ्टी रेटिङमा टाटा नेक्सन ईभी र पन्च ईभीले पायो ‘फाइभ स्टार’

टाटाको पन्च ईभी कम्पनीले नै विकास गरेको एक्टिभ (एक्टिडटईभी) प्लेटफर्ममा बनेको पहिलो विद्युतीय कार हो।

काठमाडौं- भारत सरकारले २०२४ अप्रिलदेखि स्वदेशमै नयाँ कारको सुरक्षा परीक्षण गर्ने व्यवस्था लागु गरेको थियो। भारतले नयाँ कारको सुरक्षा परीक्षण गर्ने व्यवस्था न्यू कार एसिस्मेन्ट प्रोग्राम (एनसीएपी)को आफ्नै मापदण्ड ‘भारत एनसीएपी’ कार्यान्वयनमा ल्याएको थियो।

त्यससँगै भारतमा उत्पादन भएका र अन्यत्र बनेका कारले समेत भारतमै भारत एनसीएपी परीक्षण गराउँन थालेका हुन्। हाल भएको भारत एनसीएपी परीक्षणमा टाटाका दुई एसयूभी नेक्सन ईभी र पन्च ईभीले फाइभ स्टार रेटिङ पाएका छन्।

टाटा पन्च ईभीले बयस्कको लागि तय भएको ३२ अंकमा ३१.४६ अंक ल्याउन सफल भएको छ भने बालबालिकाका लागि तय भएका ४९ अंकमा पन्च ईभीले ४५ अंक पाएको हो।

अगाडिको ब्यारियर टेस्टमा पन्च ईभीले १६ मा १४.२६ अकं पायो भने साइड मुभेवल डिफर्मेबल ब्यारियर टेस्टको २४ अकंमा २३.९५ अंक पाएको हो। चाइल्ड रेस्टरेन्टमा १२ मा १२ र भेहिकल एसिसमेन्टमा १३ मा ९ अकं पाएको हो।

टाटाको पन्च ईभी कम्पनीले नै विकास गरेको एक्टिभ (एक्टिडटईभी) प्लेटफर्ममा बनेको पहिलो विद्युतीय कार हो। यही प्लेटफर्ममा टाटाको नयाँ आउने कर्भ ईभी र ह्यारियर ईभी आउने छन्।

५ सिट क्षमताको पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलसहितको एन्टिलक ब्रके, आईएसओफिक्स चाइल्ड सिट माउन्टस्, सबै सिटमा थ्री-प्वाइन्ट सिटबेल्टलगायत विशेषताहरु रहेका छन्।

त्यस्तै पन्च ईभीले जस्तै टाटा नेक्सन ईभीले पनि सबै मानकमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो।

नेक्सन ईभीमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी, ट्राक्सन कन्ट्रोल, आफ्टर-इम्प्याक्ट ब्रेकिङ, प्यानिक ब्रेक अलर्टलगायत सुरक्षा विशेषताहरु छन्। नेक्सन ईभीले एडल्ट अकुपेन्ट प्रोटेक्सन टेस्टमा तय भएको ३२ अंकमा २९.८६ अकं, चाइल्ड अकुपेन्ट प्रोटेक्सन टेस्टमा तय भएको ४९ अकंमा ४४.९५ अकं पाउन सफल भएको छ।

nexon ev new.PNG

टाटाको नेक्सन ईभी नेपाली बजारमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमध्येको एक हो। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन ईभीको फेसलिफ्ट भर्सन ल्याउने तयारी गरिरहेको छ।

त्यस्तैगरि टाटाको पन्च ईभी पनि छिट्टै नेपाल बजारमा आउने छ। सिप्रदीले ढिलोमा नाडा अटो शो २०२४ सम्ममा पन्च ईभी ल्याउने गरि काम भइरहेको जनाएको छ। सुरक्षाका दृष्टीले नेक्सन ईभी र पन्च ईभी भारत एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ पाएकाले अब्बल सावित हुनेछ। 


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend