बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल प्रहरीको प्राविधिकतर्फ खुल्यो २२१ को लागि भर्ना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
नेपाल प्रहरीको प्राविधिकतर्फ खुल्यो २२१ को लागि भर्ना

काठमाडौं-नेपाल प्रहरीले प्राविधिक समुह अन्तर्गतका विभिन्न समूहमा खाली रहेको पद रिक्तका लागि भर्ना खुलाएका छ।
प्रहरीले स्वास्थ्य र इन्जिनियरिङ लगायत ७ वटा क्षेत्रमा भर्ना खुलाएको हो। प्रहरीले विभिन्न समूहमा गरी २सय २१ जनालाई रोजगारी दिने गरी भर्ना खुलाएको हो।

नेपाल प्रहरी अस्पताल तर्फ उपसमूह स्वास्थ्यमा ९७को लागि आवेदन मागेको छ।  जसमा एमएस न्यूरो सर्जरी, एमएस जनरल सजरीदेखि ल्याव असिष्टेन्टसम्मको पद रहेको छ।

यसैगरी, सञ्चार निर्देशनालय तर्फको इन्जिनियरिङ समूह ३५ जना,सूचना प्रविधि निर्देशनालय तर्फको इन्जिनियरिङ ५९ जना, भौतिक पूर्वाधार निर्देशनालय तर्फको इन्जिनियरिङमा ६ जना, केनाईन महाशाखामा १ जना, हातहतियर मर्मत शाखा १ जना र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला तर्फ १७ जना गरी कुल २ सय २१ जनाको लागि भर्ना आवेदन खुलाएको हो।

आवेदन फारम भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म बुझाउनु पर्ने छ। दरखास्त आवेदन फर्म  नेपाल प्रहरी अस्पताल,प्रहरी प्रधान कार्याललय सञ्चार निर्देशनालय, प्रहरी प्रधान कार्यालय सूचन प्रविधि निर्देशनालय, प्रहरी प्रधान कार्यालयल भौतिक पूर्वाधार निर्देशनालय, केनाईन महाशाखा, प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसीबाट वितरण हुने प्रहरीले जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०२:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend