शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नाडा अटो एक्सपो २०२४ को स्टल बुकिङ खुल्यो, सदस्यहरूलाई प्राथमिकता

बुधबार, जेठ ३० २०८१
नाडा अटो एक्सपो २०२४ को स्टल बुकिङ खुल्यो, सदस्यहरूलाई प्राथमिकता

नाडा अटो एक्सपो २०२४ भदौ ११ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुनेछ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने 'नाडा अटो एक्सपो २०२४' का लागि स्टल बुकिङ खुलेको छ। नाडाले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि स्टल बुकिङ खुलाएको हो। 

नाडाले स्टल बुकिङका लागि ७ दिनको समय दिएको छ। जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तय गरेको छ। तोकिएको समयमा परेको आवेदनहरूबाट लक्की ड्र गरि बुथ/ब्लक छनोट गरिने नाडाले जनाएको छ।

सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो। करिब एक महिनादेखि नाडाले अटो एक्सपोमा सहभागी हुनेबारेमा आफ्ना सदस्यहरूसँग सर्वे सुरु गरेको थियो। 

भदौ ११ गतेदेखि सुरु हुने 'नाडा अटो एक्सपो २०२४' भदौ १७ गतेसम्म चल्नेछ। अटोमाबोइल व्यवसायीहरूका लागि नाडा अटो एक्सपो निकै महत्वपूर्ण सावित हुँदै आएको छ। सवारीसाधन किन्ने र त्यसबारे जानकारी लिनेहरूका लागि एकैस्थानमा नेपाली बजारमा उपलब्ध ब्रान्ड तथा त्यससँग सम्बन्धित विषयको जानकारी लिन उपयुक्त स्थल सावित हुँदै आएको छ।

नाडा अटो एक्सपो २०२३ विगतभन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका थिए। नाडा अटो एक्सपो २०२४ गत वर्षको भन्दा पनि भव्य हुने अपेक्षा नाडाले लिएको छ। यो वर्ष पनि नाडा अटो एक्सपोमा विद्युतीय सवारीकै दबदबा रहनेछ। 

विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढेको र नयाँ-नयाँ ब्रान्ड आयात हुने क्रम बढ्दै गएकाले पनि अटो एक्सपोमा विद्युतीय सवारी ब्रान्डको उपस्थिति धेरै हुनेछ। 

नाडा अटो एक्सपोमा धेरै ब्रान्डहरूले आफ्नो उपस्थिति जनाउन राम्रो प्लेटफर्म पाउने र बिक्रीसमेत बढाउन सक्छन्। स्टल बुकिङमा नाडाले सदस्य नभएका ब्रान्डहरूलाई पनि सहभागी हुने दिने भएको छ। तर ठाउँ सीमित भएकाले सदस्यहरूलाई प्राथमिकता दिने जनाएको छ।

काठमाडौंको भृकुटीमण्डप हलमा प्यासेन्जर कार, बाहिर चौरमा कमर्सियल भ्यान तथा कार र गार्डेनमा दुईपांग्रेको स्टल राख्ने तयारी नाडाले गरेको छ।

यो प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्ट, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित सयौँ स्टलहरू रहने छन्। 

नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ गत वर्षको भदौ २६ सुरु भएर ३१ गतेसम्म भएको थियो। 


प्रकाशित : बुधबार, जेठ ३० २०८१०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend