शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बजेटपछिको ईभी : दीपल एस ०७ को मूल्य ३ लाख बढेर ७४ लाख ९९ हजार रुपैयाँ कायम

नयाँ मूल्यसहितको बुकिङ खुल्यो

आइतबार, जेठ २७ २०८१
बजेटपछिको ईभी : दीपल एस ०७ को मूल्य ३ लाख बढेर ७४ लाख ९९ हजार रुपैयाँ कायम

दुई महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ ले छोटो समयमै नेपाली बजारबाट राम्रो प्रतिक्रिया पाएको छ।

काठमाडौं- चांगनको ईभी ब्रान्ड दीपलको मूल्य बढेको छ। सरकारले जेठ १५ गते ल्याएको नयाँ बजेटमार्फत ईभीमा कर बढेकाले कम्पनीले मूल्य समायोजन गरको हो। 

नेपालका लागि चांगन र दीपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले छोटो समयमै लोकप्रिय बनेको प्रिमियम विद्युतीय एसयूभी दीपल एस०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरेको छ। विद्युतीय सवारीको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लू वृद्धि अटोकर्पले दीपल एस ०७ को नयाँ मूल्य घोषणा गरेको हो। 

दुई महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ ले छोटो समयमै नेपाली बजारबाट राम्रो प्रतिक्रिया पाएको छ। यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक विशेषतामार्फत दीपल एस ०७ ले ईभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ। सार्वजनिक हुँदा दीपल एस ०७ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ थियो। 

बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगन नेपाल उत्साहित छ। नेपाल बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन प्रतिबद्ध छ। चांगन नेपालले नयाँ दीपल एस ०७ असारको अन्त्यसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको छ। 

इटालीको टुरिनमा डिजाइन भएको दीपल एस ०७ मा वेलकमिङ सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनी स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल विशेषता रहेका छन्। 

यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले दीपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाउँछ। यसबाहेक ड्राइभिङलाई नयाँ उचाइमा पुर्याउन यसमा रियर ह्वील ड्राइभ रहेको छ। 

दीपल एस ०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ जसले सिंगल चार्जमा ४ सय १० किलोमिटर (डब्लूएलटीपी) रेन्ज दिन्छ। 

सन् १८६२ मा स्थापना भएको चांगन चीनको सबैभन्दा पुरानो अटोमोबाइल निर्माता हो कार निर्माणमा ४० वर्षभन्दा बढी अनुभव छ।

चांगन पछिल्लो १४ वर्षदेखि शोध तथा खोजमा सबैभन्दा धेरै लगानी गर्ने कार निर्माता हो। यसले हरेक वर्ष आफ्नो सेल्स रेभेन्युको ५ प्रतिशत शोधमा लगानी गर्छ।

सन् २०२३ मा चांगन दोस्रो ठूलो चिनियाँ कार निर्माता बनेको थियो। २२ वटा कारखानामा उत्पादन भएको चांगनका कार ६३ मुलुकमा ९३ सय डिलरहरुबाट बिक्री वितरण हुन्छ। हालसम्म चांगनका दुई करोड ४० लाख कार उत्पादन र बिक्री गरिसकेको छ। 


प्रकाशित : आइतबार, जेठ २७ २०८११४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend