बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिस्थापन विधयेक : बजेटको मन्त्रालयगत हेडिङ यथावत राखेर कार्यक्रम चलाइयो

बिहीबार , भदौ २४ २०७८
प्रतिस्थापन विधयेक : बजेटको मन्त्रालयगत हेडिङ यथावत राखेर कार्यक्रम चलाइयो

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक तयार गरेको छ। शुक्रबारको संसदको बैठकमा प्रस्तुत गर्ने गरी अर्थ मन्त्रालयले विधयेक तयार गरेको हो।

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक तयार गरेको छ। शुक्रबारको संसदको बैठकमा प्रस्तुत गर्ने गरी अर्थ मन्त्रालयले विधयेक तयार गरेको हो। 

चालु आर्थिक वर्षका लागि यसअघि प्रस्तुत भएको बजेटको सीमाभित्र रहे केही कार्यक्रम हेरफेर गर्दै प्रतिस्थापन विधयेक तयार गरिएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयअनुसारको हेडिङ पनि यथावत राखिएको छ।  ‘यसअघि गरिएका विनियोजनमा केही परिवर्तन गरेर प्रतिस्थापन विधयेक तयार गरिएको छ,’ स्रोतले भन्यो,‘त्यसका अतिरिक्त केही करका दर परिवर्तन गरिएको छ। त्यसकारण नयाँ आर्थिक ऐन तयार भएको छ।

अर्थ मन्त्रालयले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि केही राहतको घोषणा गर्ने तयारी गरेको छ। पर्यटन उद्योग, मनोरञ्जन क्षेत्र र सार्वजनिक यातायात लक्षित प्याकेज तयारी गरिएको स्रोतको दावी छ। 

यसैगरी लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ताका क्षेत्र थप गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। विहीबार अबेर राति अर्थ मन्त्रालयले विधयेक टुंगो लगाएको हो।


प्रकाशित : बिहीबार , भदौ २४ २०७८१८:००
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय
  • # अर्थमन्त्री


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend