बुधबार, कात्तिक ७ गते २०८१    
images
images

फोर्डका गाडी किन्दा १० वर्षसम्म निःशुल्क इन्धन पाइने

images
बिहीबार , जेठ २४ २०८१
images
images
फोर्डका गाडी किन्दा १० वर्षसम्म निःशुल्क इन्धन पाइने

अब फोर्डको सवारी साधन खरिद गर्दा उपभोक्ताले निःशुल्क १० वर्षसम्मको इन्धन खर्च पाउने छन्।

images
images

काठमाडौं- फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले नयाँ अफर ल्याएको छ। फोर्ड नेपालले उपभोक्ताको ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्न अप्रत्याशित अफरको घोषणा गरेको हो। 

images
images
images

फोर्ड नेपालले अविश्वसनीय अफरका रुपमा ‘१० वर्षको निःशुल्क इन्धन’ उपलब्ध गराउने भएको छ। फोर्डका गाडी खरिद गर्ने उपभोक्ताले १० वर्षसम्मको इन्धन खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङको अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ। 

फोर्ड नेपालले इन्धनको बढ्दो मूल्यलाई ध्यानमा राखेर ग्राहकको चिन्तालाई मध्य नजरगरि यो अफर तयार पारिएको जनाएको छ। इन्धन र त्यससँग सम्बन्धित खर्चहरु प्रति ग्राहकहरुको बढ्दो चिन्तालाई ध्यानमा राखि फोर्ड नेपालले उपयुक्त समाधान ल्याएको हो। 

images

अब फोर्डको सवारी साधन खरिद गर्दा उपभोक्ताले निःशुल्क १० वर्षसम्मको इन्धन खर्च पाउने छन्। यो अवधिभर उपभोक्ताले जति किलोमिटर गाडी चलाएपछि त्यसका लागि आवश्यक पर्ने इन्धन जीओ अटोमोबाइलले उपलब्ध गराउने छ। 

images

यो अफरपछि फोर्डका गाडी किन्ने उपभोक्तानले निश्चिन्त रुपमा गाडी चलाउन सक्ने छन्। इन्धनको मूल्य बढ्यो वा कति खर्च भयो वा होला भन्ने चिन्ता लिनु नपर्ने कम्पनीले जनाएको छ। 

किन रोज्ने फोर्डको एभरेष्ट र रेञ्जर?

- यात्रामा बाधा छैन।

- उचित स्पेयर पाट्र्स तथा मर्मत खर्च।

- उच्च रिसेल भ्यालियु।

- कार चार्जिङ वा चार्जिङ स्टेसन जस्ता अनावश्यक कुराको कुनै चिन्ता रहने छैन।

- ब्याट्री परिवर्तन गर्नुपर्ने जस्ता अत्याधिक खर्चको कुनै चिन्ता रहने छैन।

यस अतुलनिय अवसरलाई नगुमाउन जीओ अटोमोबाइलले आग्रह गरेको छ। आजैदेखि फोर्ड नेपालको सोरुममा गइ फोर्डसँग १० वर्षसम्मको निःशुल्क इन्धनको लागि सहकार्य गर्न सकिने कम्पनीले जनाएको छ। यो अफरमा केही सर्तहरु भने लागु हुने जीओ अटोमोबाइलले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ २४ २०८११८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend