शनिबार, साउन १२ गते २०८१    
images
images
images

हिन्दुस्तान पेट्रोलियमको लुब्रिकेन्ट नेपालमै बनाउँदै एमएडब्लू समूह, ३१ करोड लगानी गर्दै

संरचनाको काम भइरहेकाले छिट्टै उद्योग सञ्चालनमा आउने

images
बिहीबार , जेठ २४ २०८१
images
images
हिन्दुस्तान पेट्रोलियमको लुब्रिकेन्ट नेपालमै बनाउँदै एमएडब्लू समूह, ३१ करोड लगानी गर्दै

चार वर्षअघि एमएडब्लू समूह भारतीय कम्पनी हिन्दुस्तान पेट्रोलियम (एचपी)को लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता बनेको थियो।

images

काठमाडौं- सवारी व्यवसायमा अग्रणीमध्येको एक व्यावसायिक समूह एमएडलब्लूले नेपालमै लुब्रिकेन्ट बनाउने भएको छ। लुब्रिकेन्ट उत्पादन गर्ने उद्देश्यले समूहले नयाँ कम्पनी उद्योगमा दर्ता गरेको हो। 

images
images

एमएडब्लू समूहले लुब्रिकेन्ट उत्पादनका लागि एमएडब्लू पेट्रो प्रोडक्ट प्रालि नामक कम्पनी उद्योगमा दर्ता गरेको हो। कम्पनीले नवलपरासी बर्दघाट सुस्तापश्चिममा उद्योग राख्ने प्रस्ताव गरेको छ। 

images

एमएडब्लू पेट्रो प्रोडक्टले वार्षिक १५ हजार मेट्रिकटन बिटुमिन अइल, ५० मेट्रिकटन बाइप्रोडक्ट तथा प्लास्टिक कन्टेनरसमेत उत्पादन गर्ने प्रस्ताव गरेको छ। एमएडब्लू पेट्रोले उक्त उद्योगमा ३१ करोड रुपैयाँ लगानी गर्ने बताएको छ। 

नवलपरासीमा निर्माणधीन उद्योगमा ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने एमएडब्लू पेट्रो प्रोडक्टले जनाएको छ। 

images

चार वर्षअघि एमएडब्लू समूह भारतीय कम्पनी हिन्दुस्तान पेट्रोलियम (एचपी)को लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता बनेको थियो। उक्त समयदेखि एचपीको लुब्रिकेन्ट बिक्री हुँदै आएको छ। 

एमएडब्लू समूहले नवलपरासीमा रहेको यामाहाको एसेम्बल प्लान्टनजिकै एचपीको लुब्रिकेन्ट उत्पादन प्लान्ट बनाइरहेको छ। कम्पनीले निर्माण गरिरहेको प्लान्ट अबको केही महिनाभित्रै सञ्चालनमा आउने छ। 

प्लान्टको स्ट्रक्चर निमार्ण सकिएलगत्तै ब्लेन्डिङ मिसिनलगायत उपकरण राखेर लुब्रिकेन्ट उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ। 

एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी गर्नेगरी २०७८ असोजमा एमएडब्लू अटो प्रालि दर्ता गरेको थियो। 

एमएडब्लू अटोले सुरुवाती चरणमा भैरहवामा स्थापना भएको प्लान्टबाट यामाहा एफजेड भीथ्री मोटरसाइकलको एसेम्बल सुरु गरेकोमा हाल सबै मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिरहेको छ। 

एमएडब्लू अटो प्रालिले स्थापना गरेको एसेम्बल उद्योगबाट १ सय ४४ जनालाई रोजगारी दिने उद्योग दर्तामा उल्लेख छ। एसेम्बल उद्योगमा शतप्रतिशत स्वदेशी लगानी गरिएको छ।

यामाहाका मोटरसाइकल तथा स्कुटर एसेम्बल सुरु गरेको एमएडब्लूले एचपीको लुब्रिकेन्ट उत्पादन सुरु गर्दै छ। अटोमोबाइल क्षेत्रमा एमएडब्लू समूहले हेभी इक्युपमेन्टदेखि दुईपांग्रे तथा लुब्रिकेन्टसम्म बिक्री गर्दै आएको छ। एमएडब्लूले जेसीबीको हेभी इक्युपमेन्ट, जिप, स्कोडा, फियाट, यामाहाका मोटरसाइकल बिक्री गर्दै आएको छ। 

पछिल्लो समय एमएडब्लू वृद्धि अटोकर्पमार्फत चिनियाँ विद्युतीय सवारीसमेत आयात गर्दै आइरहेको छ। यो समूहअन्तर्गत फोटोन, चाङगन, दीपल, सेरेस, नामीलगायत विद्युतीय कार नेपाल आइसकेको छ। 

हिन्दुस्तान पेट्रोलियम ७१ वर्षअघि स्थापना भएको कम्पनी हो। भारतमा पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, एलएनजी, लुब्रिकेन्ट, पेट्रोकेमिकल्सलगायत उत्पादन तथा बिक्री गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , जेठ २४ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend