शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दुई अर्ब डलर नोक्सानीपछि फोर्डले भारतमा उत्पादन बन्द गर्ने, ४ हजार रोजगारी प्रभावित हुने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
दुई अर्ब डलर नोक्सानीपछि फोर्डले भारतमा उत्पादन बन्द गर्ने, ४ हजार रोजगारी प्रभावित हुने

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले भारतको उत्पदन बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले उत्पादन क्षमता अनुसारको बजार नभएपछि प्लान्ट बन्द गरेर कार आयात गरि बिक्री गर्ने भएको छ।

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी फोर्डले भारतको उत्पादन बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले उत्पादन क्षमता अनुसारको बजार नभएपछि प्लान्ट बन्द गरेर कार आयात गरि बिक्री गर्ने भएको छ।

उत्पादन क्षमताअनुसार कार उत्पादन नहुँदा सञ्चि नोक्सानी २ अर्ब अमेरिकी डलर भन्दा बढी पुगेसँगै कम्पनीले प्लान्ट बन्द गर्ने निर्णय गरेको इकोनोमिकटाइम्सले लेखेको छ। फोर्डको भारतीय प्लान्ट बन्दा हुँदा करिब ४ हजारको रोजगारी प्रभावित हुने अनुमान गरिएको छ।

भारतमा उत्पादित इकोस्पोर्टस्, एस्पायर, फिगो तथा फ्रिस्टाइललगायत मोडलका कारको बजार राम्रो छ। यी मोडलका कारहरु भारतसहित नेपालमा समेत उल्लेख्य रुपमा बिक्री हुँदै आएको छ।

फोर्डले भारतमा २ अर्ब ५० करोड डलरभन्दा बढी लगानी गरेको थियो। तर हाल भारतमा फोर्डको सञ्ति नोक्सानी नै २ अर्ब डलर नाघेको छ। 

फोर्डले भारतको आन्तरिक बजारका लागि २०२१ को अन्त्यदेखि र निर्यात प्रयोजनका लागि २०२२ को मध्यतिरबाट उत्पादन बन्द गर्ने भएको हो। 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८१४:१७
  • सम्बन्धित विषय:

  • # फाेर्ड माेटर
  • # फाेर्ड इन्डिया
  • # फाेर्ड नेपाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend