बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि मागियो आवेदन

मंगलबार, जेठ २२ २०८१
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि मागियो आवेदन

काठमाडौं- सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि आवेदन माग गरेको छ।

 टेलिकम प्रबन्ध निर्देशक सुनिल पौडेल भष्ट्रचारको मुद्दामा दोषी ठहरसँगै सरकारले पदबाट बर्खास्त गरेको थियो। रिक्त पदका लागि सरकारले आवेदन मागेको हो।

केही दिन अगाडि मात्रै मन्त्रिरिषदले प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गरेको थियो।  सरकारले  ३५ वर्ष पुरा भएको ५८ वर्ष ननाघेकाले आवदेन दिन पाउने गरी सूचन प्रकाशन गरेको छ।

यस अघि १२ वर्षको अनुभव तथा ३ वर्ष व्यस्थापकीय भूमिका रहेर काम गरेको हुने पर्ने व्यवस्था समेत संशोधन गर्दै १२ वर्षको अनुभव र व्यवस्थापकीय भुमिकामा रहेर काम गरेकाले आवेदन दिन पाउने गरी सूचना गरेको छ। 

टेलिकममा अहिले संहिता पहाडी निमित्त प्रबन्ध निर्देशक रहेकी छिन्।


प्रकाशित : मंगलबार, जेठ २२ २०८१०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend