बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वाइवाइको विश्वकपलक्षित पुरस्कार घोषणा : सुपर-८ मा पुगे नेपाली टिमलाई ३० लाख, प्रत्येक जितमा १ लाख ५० हजार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
वाइवाइको विश्वकपलक्षित पुरस्कार घोषणा : सुपर-८ मा पुगे नेपाली टिमलाई ३० लाख, प्रत्येक जितमा १ लाख ५० हजार

काठमाडौं- वाइ वाइ चाउचाउले जारी आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ। जसअनुसार जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ। 

यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी-२० विश्वकपको सुपर-८ पुग्नासाथ वाइवाइ चाउचाउको तर्फबाट नगद ३० लाख प्राप्त गर्नेछ। यसका साथै वाइवाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृंखला अगाडि बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ।

जसमा प्रत्येक रन बनाएबापत  १ हजार, प्रत्येक चौकाबापत  ८ हजार, प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो। यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

चौधरी गु्रप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू-१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ। वाइवाइले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो जुन बेला क्रिकेट खेलको मैदानमा दर्शक नै हुँदैनथे। 

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ। हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् ता पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइ वाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ। र नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइ वाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो।’ 

नेपालले टि-२० विश्वकपको श्रृंखला अन्र्तगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ। त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ। 


प्रकाशित : आइतबार, जेठ २० २०८११७:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend