शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

३५ लाख ९९ हजार रुपैयाँ मूल्यमा सार्वजनिक भयो सिट्रोन ईसीथ्री साइन

आइतबार, जेठ २० २०८१
३५ लाख ९९ हजार रुपैयाँ मूल्यमा सार्वजनिक भयो सिट्रोन ईसीथ्री साइन

ईसीथ्री साइनको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य अन्तिम स्टकसम्म रहने सांग्रिला मोटर्सले जनाएको छ।

काठमाडौं- नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सिट्रोन ईसीथ्रीको प्रिमियम मोडल सार्वजनिक गरेको छ। आइतबार थापाथली स्थित शोरुपमा गरिएको कार्यक्रममा ईसीथ्रीको प्रिमियम मोडल ईसीथ्री साइन आधिकारिक रुपमा नेपालमा सार्वजनिक गरेको हो।  

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो विद्युतीय कारले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य लिएको छ। 

अत्याधुनिक प्रविधि र परिष्कृत सुविधाहरूले भरिएको यस विद्युतीय कार ईसीथ्री साइनमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएमलगायत विशेषता समावेश छन् जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ।

ईसीथ्री साइनको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य अन्तिम स्टकसम्म रहने सांग्रिला मोटर्सले जनाएको छ। 

सांग्रिला मोटर्सले दिगो ब्याट्री व्यवस्थापनको लागि पनि प्रतिबद्ध रहेको छ। भारतको सबैभन्दा ठूलो लिथियम-आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्रीहरू प्रबन्ध गरिरहेकोे छ। यो साझेदारीले दिगोपन र वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि जोड दिएको छ।

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १ सय ३ वर्ष भन्दा लामो रहेको छ। अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ। 

फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ। १९१९ देखि सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ। 

ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले सहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी एमी साथै एसयूभी, सेडान, र इलेक्ट्रिक तथा प्लग-इन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरूसहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ।


प्रकाशित : आइतबार, जेठ २० २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend