बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ अर्ब ४ करोडको लगानीमा बर्दियामा चिनी उद्योग खुल्दै

सोमबार, जेठ २१ २०८१
२ अर्ब ४ करोडको लगानीमा बर्दियामा चिनी उद्योग खुल्दै

काठमाडौं- सञ्चालनमा रहेका कतिपय चिनी मिलले किसानलाई समयमै उखुको पैसा नदिएको विषय बारम्बार आइरहेको छ। किसानले अहिले पनि उधारोमा उखु बिक्री गरिरहेका छन्।

व्यवसायीमात्रै नभइ सरकारले पनि उखु किसानलाई दिँदै आएको अनुदान रकम समयमा नै भुक्तानी गर्न सकेको छैन। यस्तो अवस्थामा पुन: निजी क्षेत्रको लगानीमा गत आर्थिक वर्ष २०७९/०८० दुईवटा चिनी उत्पादन उद्योग स्थापना हुनेगरी दर्ता भएका थिए। चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि एउटा चिनी उद्योग दर्ता भएको छ।

२ अर्ब ४ करोड रुपैयाँ लगानीमा चिनी उद्योग स्थापना गर्नेगरी उद्योग विभागमा दर्ता भएको छ। विभागका अनुसार लुम्बिनी प्रदेशको बर्दियामा नयाँ चिनी उद्योग स्थापनका लागि राजपुर सुगर एण्ड केमिकल उद्योग दर्ता भएको छ।

उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिकटन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसबाहेक उद्योगबाट ८ मेगावाट बिजुलीसहित १८ हजार ७ सय ५० मेट्रिकटन मोलासिस वार्षिक उत्पादन गर्ने लक्ष्य लिएको छ।

यसअघि गत आवमा दर्ता भएका २ वटा उद्योगबाट वार्षिक ७१ हजार मेट्रिकटन चिनी उत्पादनको लक्ष्य लिइएको छ। उद्योग विभागका अनुसार ४ अर्ब २८ करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित दुईवटा चिनी उद्योग स्थापना गर्नेगरी दर्ता भएका थिए।

अहिले उद्योग स्थापनाको काम भइरहेको छ। विभागका अनुसार व्यवसायी सन्दीप गाडियाले पर्सामा उद्योग स्थापना गर्नेगरी उद्योग दर्ता गराएका थिए।  

यसैगरी २ अर्ब २० करोड रुपैयाँको लगानीमा नै चिनी उत्पादन गर्ने गरी विजय श्री सुगर मिल्स प्रालि विभागमा दर्ता भएको थियो। दुईवटा चिनी उत्पादन उद्योगले वार्षिक ७१ हजार ३ सय ७० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। 

शिवशक्ति सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिमा २ अर्ब ८ करोड रुपैयाँ लगानी हुने दर्ता विवरणमा उल्लेख छ। उद्योगले वार्षिक ३७ हजार ८ सय मेट्रिक टन चिनी, मोलासेस १८ हजार ९ सय मेट्रिक टन, ५४ हजार मेट्रिक टन बेगास्से र २ करोड ५२ लाख किलोवाट बिजुली उत्पादन गर्ने दर्ता विवरणमा उल्लेख छ। उद्योगमा शतप्रतिशत नै नेपाली लगानी रहने र २ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।

३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्यसहित विजय श्री सुगर मिल्स प्रालि विभागमा दर्ता भएको थियो। उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको थियो। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस (गुड) उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।

उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ। उद्योगमा २ अर्ब २० करोडको लगानी रहने गरी दर्ता भएको थियो।

समग्रमा चालु आवमा चिनी उद्योगा ४ अर्ब २८ करोडको लगानी प्रतिबद्धता आएको थियो। उखु उत्पादन गर्ने किसानलाई सयममै चिनी उद्योगले रकम भुक्तानी नगरिरहेका बेला नयाँ चिनी उत्पादन उद्योग खुल्ने भएको छ। 


प्रकाशित : सोमबार, जेठ २१ २०८१०६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend