शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

डीएफएसकेको ह्याचब्याक ईभी नामी काठमाडौंमा

बजेटमा कर बढेकाले ३२ लाखबाट ३५ लाख मूल्य पुग्ने

शनिबार, जेठ १९ २०८१
डीएफएसकेको ह्याचब्याक ईभी नामी काठमाडौंमा

एमएडब्लू वृद्धिले नामी ०१ बजेटअघि परीक्षणका लागि दुईवटा गाडी ल्याएको थियो। क्रसओभर सेगमेन्टको नामी ०१ अत्याधुनिक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- एमएडब्लू वृद्धि अटोकर्प प्रालिले डीएफएसकेको सवब्रान्ड नामीको नामी ०१ बक्स काठमाडौं आइपुगेको छ। 

कम्पनीले क्रसओभर सेगमेन्टको नामी ०१ विद्युतीय कार ३२ लाख रुपैयाँमै ल्याउने तयारी गरेको थियो। तर जेठ १५ गते आएको आगामी आर्थिक वर्षको बजेटबाट विद्युतीय सवारीमा कर बढेकाले अब मूल्य बढ्ने अनुमान गरिएको छ। 

चिनियाँ सवारी उत्पादक समूह डोङफेङअन्तर्गतको सवब्रान्ड नामी एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याउने गरि केही समयअघि सम्झौता गरेको थियो। नामी ब्रान्ड डोङफेङ मोटर कर्पाेरेसनले २०२० मा स्थापना गरेको थियो। 

सतप्रतिशत स्वामित्व डोङफेङसँगै रहेको नामी ब्रान्ड पूर्णतः विद्युतीय सवारी ब्रान्ड हो। कम्पनीले यो ब्रान्डलाई चीनसँगै अन्तर्राष्ट्रिय बजारमा जानलाई केन्द्रित गरेर बनाएको हो। 

एमएडब्लू वृद्धिले नामी ०१ बजेटअघि परीक्षणका लागि दुईवटा गाडी ल्याएको थियो। क्रसओभर सेगमेन्टको नामी ०१ अत्याधुनिक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ। 

बजेटमा विद्युतीय सवारीको कर बढेकाले स्वतः कारको मूल्य बढ्ने छ। बढेको करअनुसार नामी ०१ को मूल्य ३५ लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ। ह्याचब्यक सेगमेन्टको यो कार धेरै मूल्य बढाउँदा बिक्री संख्या निकाल्न कम्पनीलाई ठूलै दबाब पर्ने छ। त्यसैले पनि कम्पनीले धेरै मूल्य कायम नगर्न सक्छ।

nami box.jpg

 

नामी ०१ का मुख्य विशेषता 

यो विद्युतीय कार डोङफेङको क्वान्टम आर्किटेक्चर एसथ्री प्लेटफर्ममा उत्पादन भएको हो। नामी ०१ को लम्बाइ ४ हजार ३० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १५ सय ७० एमएम रहेको छ। २६ सय ६० एमएम ह्वीलवेस रहेको यो कार स्वीफ्टभन्दा केही ठूलो आकारको छ। 

मोबाइल रिमोट कन्ट्रोलसहित १२.८ इन्चको कन्ट्रोल प्यान यो कारमा छ। त्यस्तै गरि ब्लाइन्ड स्पर्ट मनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, लेन किपिङ असिस्ट, क्रुज कन्ट्रोललयात विशेषतासहति दुई ड्राइभिङ मोड रहेको छ।

कारमा चालक बस्ने वित्तिकै उसको हाइट, बसाइलगायतका आधारमा अटोमेटिक रुपमा एडजस्ट हुने ‘वेलकम सिट’ विशेषतासमेत यो कारमा रहेको दाबी कम्पनीको छ। त्यस्तै गरि फ्रेमलेस विन्डो नामी ०१ मा छ। 

दुई ब्याट्री अप्सन ३१.४५ र ४२।३ किलोवाट आवर ब्याट्री अप्सनमा यो कार चीनमा उपलब्ध छ। नेपाली बजारमा कुन मोडल आउने तय गरिनसकेको कम्पनीले जनाएको छ। ७० किलोवाटको मोटर जडान भएको यो कारको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। 

चाइना लाइट-ड्युटी भेहिकल टेस्ट साइकल९सीएटीसी०को दाबीअनुसार ३१.४५ केडब्लूएच ब्याट्री भएको नामी ०१ ले फुल चार्जमा ३ सय ३० किलोमिटर र ४२.३ केडब्लूएच ब्याट्री भएकोले ४ सय ३० किलोमिटर रेन्ज दिने छ। डीसी फस्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ३० मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ।

एमएडब्लू ग्रुप पछिल्लो समय विद्युतीय सवारीको व्यापारमा केन्द्रित हुन थालेको छ। एमएडब्लू वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका विद्युतीय भ्यान तथा पिकअप ट्रक, सेरेस ब्रान्डको विद्युतीय कार र चाङगनको सवब्रान्ड डिपलका विद्युतीय कार नेपाली बजारमा उपलब्ध गराएको छ। त्यसैगरी अर्को एउटा ब्रान्डको विद्युतीय भ्यानसमेत ल्याउने तयारी गरिरहेको छ। 

त्यस्तै एमएडब्लू ग्रुअन्तर्गतका कम्पनीले नेपाली बजारमा हेभी इक्युपमेन्टदेखि मोटरसाइकल तथा कारदेखि लुब्रिकेन्टसम्मको व्यापार गर्दै आएको छ।


प्रकाशित : शनिबार, जेठ १९ २०८११२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend