बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सूचना प्रविधिलाई विशेष उद्योगको दर्जा, सेयर पुँजीकरणमा लाभकर छुट

बुधबार, जेठ १६ २०८१
सूचना प्रविधिलाई विशेष उद्योगको दर्जा, सेयर पुँजीकरणमा लाभकर छुट

सूचना प्रविधि क्षेत्रका कम्पनीले आफ्नो सञ्चित मुनाफालाई क्षमता विस्तारका लागि सेयरमा पुँजीकरण गरेको अवस्थामा लाभांश करमा पूरै छुट पाउने छन्। यसअघि यस्तो छुट पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले पाउँदै आएका थिए।

काठमाडौं- सरकारले सूचना प्रविधि क्षेत्रका कम्पनीलाई विशेष उद्योगको दर्जा दिएको छ। सरकारले संसदमा पेश गरेको आर्थिक विधेयकअन्तर्गत आयकरमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

आयकर ऐन २०५८ को दफा ११ को उपदफा ३ को ‘ठ’ मा संशोधन गर्दै सूचना प्रविधि उद्योगलाई विशेष उद्योगको दर्जा दिइएको हो। योसँगै यस्ता उद्योगले सेयर पुँजीकरण गर्ला लाग्ने लाभांश करमा छुट पाउने भएका छन्। 

सूचना प्रविधि क्षेत्रका कम्पनीले आफ्नो सञ्चित मुनाफालाई क्षमता विस्तारका लागि सेयरमा पुँजीकरण गरेको अवस्थामा लाभांश करमा पूरै छुट पाउनेछन्। यसअघि यस्तो छुट पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले पाउँदै आएका थिए। 

यस्तो छुट पाउने सूचना प्रविधि उद्योगमा टेलिकम भने परेको छैन। सूचन प्रविधि पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ्ग, बिजनेस प्रोसेस आउटसोर्सिङ्ग, डाटा माइनिङ्ग, क्लाउड कम्प्युटिङ्ग सम्बन्धी उद्योगले यस्तो सुविधा पाउने छन्। 

सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको सम्बाहकका रुपमा अघि बढाउँदै विभिन्न सुविधा तथा छुट दिने घोषणा सरकारले गरेको छ। यसका लागि आवश्यक पूर्वाधार निर्माणदेखि करछुटसम्मका व्यवस्था गरिएको छ।

आगामी दश वर्षमा २५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यात क्षमता पुर्‍याउने सरकारले घोषणा गरेको छ। 


प्रकाशित : बुधबार, जेठ १६ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend