आइतबार, जेठ ६ गते २०८१    
images
images

विशाल ग्रुपबाट 'खोसियो' डेरिमिल्क, फाइभ स्टार र ट्याङ, काठमाडौं मार्केटिङले लियो

images
शुक्रबार, पुस ९ २०७८
images
images
विशाल ग्रुपबाट 'खोसियो' डेरिमिल्क, फाइभ स्टार र ट्याङ, काठमाडौं मार्केटिङले लियो
images
images

काठमाडौं- व्यवसाय विस्तारमा आक्रामक रहेको विशाल ग्रुप आफैँसँग रहेको ब्रान्ड भने जोगाउन नसक्ने अवस्थामा पुगेको छ। लामो समयदेखि आधिकारिक बिक्रेताको रुपमा भित्र्याउँदै आएको चकलेटसमेत विशाल ग्रुपबाट 'खोसिएको' छ। 

images
images
images

विशाल ग्रुपले आधिकारिक बिक्रेताको रुपमा ल्याउँदै आएको डेरिमिल्क, फाइभ स्टार र ट्याङ अब काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउस प्राइभेट लिमिटेड (केएमपीएल) ले आधिकारिक रुपमा ल्याउने भएको छ। यी उत्पादनको आधिकारिक बिक्रेता काठमाडौं मार्केटिङले विशाल ग्रुपबाट 'खोसेको' हो। 

images

मोन्डेलेज इन्टरनेशनलले उत्पादन गर्दै आएको क्याडबरी डेरिमिल्क, फाइभस्टार गरि दुई ब्रान्डको चकलेट र जुस पाउडर ट्याङ अब काठमाडौं मार्केटिङले आयात गरेर बिक्री गर्ने छ। पुस लागेपछि माेन्डेलेजले यी तीन उत्पादनको आधिकारिक बिक्रेता विशाल ग्रुपबाट खोसेर काठमाडाैं मार्केटिङलाई दिएको विशाल ग्रुप स्रोतले बिजनेस न्युजलाई जानकारी दियो। 

images
images

मोन्डेलेज ब्रान्डले विभिन्न खाद्यवस्तु उत्पादन गर्दै आएको छ। विस्कुटमा ओरियो र टाइगर नेपाली बजारमा चलेका विस्कुटमा पर्छन्। हल्स क्यान्डीसमेत मोन्डेलेजकै उत्पादन हो। कम्पनीको बेभरेजमा ब्रोनभिटा र ट्याङ उत्पादन भइ नेपालमा समेत बिक्री हुँदै आएको छ। ब्रोनभिटा अन्य कम्पनीले ल्याए पनि ट्याङ भने विशाल ग्रुपले नै आयात गर्दै आएको थियो। 

images
images

मोन्डेलेज ब्रान्डका उत्पादन १ सय ५० भन्दा बढी देशमा बिक्री हुँदै आएको दाबी कम्पनीले गरेको छ। मोन्डेलेज इन्टरनेशनलले २०१८ मा विश्वभर २५ अर्ब ९० करोड अमेरिकी डलरको कारोबार गरेकोमा उसको खुद आम्दानी ३ अर्ब ४० करोड डलर रहेको थियो। 

मोन्डेलेज इन्टरनेशनल अमेरिकी कम्पनी हो। सुरुमा यो कम्पनी सन् १९२३ मा स्थापना हुँदा नेशनल डेरी प्रोडक्टस् कर्पोरेसनका नाममा खुलेको थियो। मोन्डेलेज इन्टरनेशनलका उत्पादन विश्वका विभिन्न देशमा समेत उत्पादन हुँदै आएको छ।

केएमपीएल सन् १९९२ मा स्थापना भएको कम्पनी हो। केएमपीएलका देशभर २ सयभन्दा बढी बिक्रेता रहेका छन्। यो कम्पनीले रेकिट ब्रान्डका सफाइ सामाग्री आयात गर्दै आएको छ। रेकिट बेलायती ब्रान्ड हो, जसको स्थापना १८१४ मा भएको हो। रेकिट ब्रान्डका डेटोल, हार्पिक, लिजोललगायत उत्पादन आयात गर्दै आएको छ। 

त्यस्तै केएमपीएलले भारतीय उत्पादन कोलगेट पालमोलिभ इन्डिया (कोलगेट)का सामानसमेत आयात गर्दै आएको छ। कोलगेटका दन्तमन्जन, टुथब्रस केएमपीएलले आयात गर्दै नेपाली बजारमा बिक्री गर्दै आएको छ। त्यस्तै बिकानो ब्रान्डका भुजिया, नमकिनसमेत सोही कम्पनीले आयात गरिरहेको छ। 

केएमपीएल विशेषगरि तयारी उपभोग्य वस्तु (एफएमसीजी)मा नेपाली बजारमा सफल र बलियो दाबेदारका रुपमा रहेको छ। १९९२ मा प्रोपाइटरसिपमा रहेको केएमपीएल २००४ मा प्राइभेट कम्पनीमा रुपान्तरित भएको थियो। 

यो कम्पनीमा बल्लभराज सिग्देल र उनका भाइ विजयराज सिग्देलको ५१ प्रतिशत हिस्सा (बल्लभको ३६ प्रतिशत र विजयको १५ प्रतिशत) र समीरविक्रम थापाको ४९ प्रतिशत सेयर रहेको छ। केएमपीएलले दैनिक कार्यसञ्चालनका लागि बल्लभराज सिग्देललाई कार्यकारी अध्यक्षका रुपमा चयन गरेको छ। 

विशाल ग्रुपले अटोमोबाइलदेखि सिमेन्ट, खाद्यवस्तुदेखि विद्युतीय सामान, मदिरादेखि चकलेटसम्म आयात गर्दै आएको छ। यो ग्रुपले विविध ब्रान्डका सामान उत्पादन आयात गर्दै आएकाले उत्पादक कम्पनीले वैकल्पिक समूहलाई आधिकारिक बिक्रेताको रुपमा खडा गरिरहेको छ। त्यसैको परिणामस्वरुप मोन्डेलेजले विशाल ग्रुपबाट आफ्नो केही उत्पादन केएमपीएललाई दिएको हो। 


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend