शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बीएमडब्लूको नयाँ विद्युतीय कार आईएक्स वान नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १० २०८१
बीएमडब्लूको नयाँ विद्युतीय कार आईएक्स वान नेपाली बजारमा

बीएमडब्लू आईएक्स वान ईड्राइभ२० को नेपाली बजार मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको लक्ष्मी प्रिमियमले जनाएको छ।

काठमाडौं- जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूको नयाँ विद्युतीय कार नेपाली बजारमा आइपुगेको छ। बीएमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लू आईएक्स वान एसएभी (स्पोर्टस एक्टिभिटी भेहिकल) बजारमा ल्याएको हो। 

बीएमडब्लूको दिगो मोबिलिटी प्रतिको प्रतिबद्धताअनुसार लक्ष्मी प्रिमियमले बीएमडब्लूको नयाँ विद्युतीय कार नेपाल ल्याएको हो। यसअघि कम्पनीले बीएमडब्लू आईएक्स थ्री ईभी ल्याएर बिक्री गरिरहेको छ। 

ई मोबिलिटीलाई प्राथमिकता दिँदै आएको बीएमडब्लूले पूर्णविद्युतीय सवारीका लागि नयाँ स्मोर्टस एक्टिभिटी भेहिक (एसएभी) प्रिमियम कम्प्याक्ट सेगमेन्टमा कार उत्पादन गरिरहेको छ। 

बीएमडब्लू आईएक्स वानमा १ सय ५० किलोवाट पिक पावरसहितको मोटर रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय ३० देखि ४ सय ७५ किलोमिटर रेन्ज दिने डब्लूएलटीभीले प्रमाणित गरेको छ।

१ सय ७० किलोमिटर प्रतिघण्टासम्मको उच्च गति भएको यो ईभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.६ सेकेन्डमै तय गर्न सक्छ। पाँचौ पुस्ताको बीएमडब्लूको ईड्राइभ टेक्नोलोजीमा बनेको यो कारको अधिकतम पावर २ सय ५ एचपी र २ सय ५० एनएम टर्क रहेको छ। 

यो कारमा ६४.७८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। डीसी फास्ट चार्जरबाट शून्यदेखि १ सय प्रतिशतसम्म चार्ज गर्न ६ घण्टा ३० मिटेन लाग्नेछ। १ सय ३० किलोवाटको चार्जरको मद्दतले भने १० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा २९ मिनेटमात्र लाग्ने कम्पनीले दाबी गरेको छ। 

बीएमडब्लू आईएक्स वान ईड्राइभ२० को नेपाली बजार मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको लक्ष्मी प्रिमियमले जनाएको छ।  

लक्ष्मी प्रिमियम मोटर्सले २०२० मा काठमाडौंको तीनकुनेमा बीएमडब्लूको विश्वस्तरीय शोरुम तथा सर्भिस सेन्टर बनाएको छ। कम्पनीले दुई ईभीसहित अन्य विभिन्न मोडलका कार बिक्री गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , जेठ १० २०८११८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend