मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

१ अर्बको लागतमा अर्घाखाँचीमा मकालु सिमेन्ट उद्योग खुल्दै, वार्षिक २ लाख ५ हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य

बिहीबार , जेठ १० २०८१
१ अर्बको लागतमा अर्घाखाँचीमा मकालु सिमेन्ट उद्योग खुल्दै, वार्षिक २ लाख ५ हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य

उद्योगबाट ६० हजार मेट्रिक टन पीपीसी, १ लाख ५ हजार ओपीसी र ६० हजार मेट्रिक टन पीएससी सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ।

काठमाडौं- आर्थिक मन्दीका कारण निर्माण क्षेत्रको व्यापार चलायमान हुन सकेको छैन। निर्माण क्षेत्र सुस्त छ। निर्माण सामाग्रीको माग बढ्न सकेको छैन। निर्माण क्षेत्रको मूल्य अभिवृद्धि दर ऋणात्मक छ।

भएका सिमेन्ट उद्योग बन्द भइरहेका छन्। अहिले दर्जनभन्दा बढी ग्रान्डिङ उद्योग बन्द भइसकेकेका छन्। केही ग्रान्डिङ उद्योग बन्द हुने चरणमा छन्। क्लिंकर नै उत्पादन गर्दै ग्रान्डिङसमेत गरिरहेका कतिपय उद्योगको व्यापार समेत खस्कँदो छ।

तर यस्तो मन्दीको अवस्थामा पनि नयाँ सिमेन्ट उद्योग दर्ता भएको छ। उद्योग विभागका अनुसार अर्घाखाँचीमा उद्योग रहने गरी नयाँ सिमेन्ट उद्योग दर्ता भएको छ। विभागका अनुसार मकालु सिमेन्ट नामको उद्योग दर्ता भएको छ।

उद्योगले चुनढुंगा उत्खननसँगै उद्योगका लागि एकैपटक विभागमा उद्योग दर्ता गराएको छ। २ वटैमा गरी करिब एक अर्बको लगानी प्रतिबद्धता छ।

चुनढुंगा उत्खनन उद्योगमा १७ करोड ६७ लाख र ६१ हजार रुपैयाँको लगानी प्रतिबद्धता छ।  

यसैगरी सिमेन्ट उत्पादन उद्योगतिर ७० करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

२ वटै उद्योगमा गरी ७६ जनाले रोजगारी पाउने छन्।

उद्योगबाट ६० हजार मेट्रिक टन पीपीसी, १ लाख ५ हजार ओपीसी र ६० हजार मेट्रिक टन पीएससी सिमेन्ट उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। 


प्रकाशित : बिहीबार , जेठ १० २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend