शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टेस्ला मोडल एक्सपछि फाल्कन विङससहितको जीएसी आयोन हाइपर एचटी काठमाडौंमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ९ २०८१
टेस्ला मोडल एक्सपछि फाल्कन विङससहितको जीएसी आयोन हाइपर एचटी काठमाडौंमा

आयोन हाइपर एचटी नाडा अटो शोमा राइट ह्यान्ड ड्राइभमा नेपाल आइपुग्ने छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक जीएसीको सबब्रान्ड आयोनको नयाँ मोडल काठमाडौं आइपुगेको छ। 

फाल्कन विङससहितको आयोन हाइपर एचटी कार हालैमात्र जीएसीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले हालै मात्र भित्र्याएको हो। 

हाल कम्पनीले यो कार लेफ्ट ह्यान्ड ड्राइभ मोडलमा ल्याएको छ। सीजी मोटर्सले आयोनको नयाँ शोरुम थापाथलीमा निर्माण गरेर बिहीबार उद्घाटन गर्दैछ। सोही शोरुममा शोकेसका लागि नयाँ मोडलको कार ल्याएको हो। 

ayon ht 3.jpg

त्यस्तै सीजी मोटर्सले आयोन हाइपर एचटीका साथै आयोन ईएस सेडानसमेत शोरुममा राखेको छ। यसअघि आयोन वाई मोडल सार्वजनिक गरेर बिक्री भइरहेको छ। 

ayon ht 1.jpg

आयोन हाइपर एचटी नाडा अटो शोमा राइट ह्यान्ड ड्राइभमा नेपाल आइपुग्ने छ। आयोन ईएस भने अहिले नै राइट ह्यान्ड ड्राइभमा उपलब्ध छ। तर बिक्रीका लागि भने केही समयपछि उपलब्ध हुने कम्पनीले जनाएको छ। 
आयोन हाइपर एचटी ४ ब्याट्री अप्सन ७० केडब्लूएस, ७२.७ केडब्लूएच, ८० केडब्लूएच र ९३ केडब्लूएचमा उपलब्ध रहेको छ। यो कार १ करोडभन्दा माथि मूल्य गर्ने अनुमान गरिएको छ। 

ayon ht 2.jpg

जीएसी आयोन वाईमा ६१.५ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री उपलब्ध छ। चिनियाँ रेन्ज टेस्टिङ स्ट्यान्डर्ड एनइडीसी अनुसार उक्त कारले एक पटकको फुल चार्जमा ४ सय ९० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

आयोन वाईको लम्बाई ४५ सय ३५ एमएम, चौडाइ १८ सय ७० एमएम र उचाइ १६ सय ५० एमएम छ। यसमा २७ सय ५० एमएम लामो ह्वीलवेस रहेको छ। 

कम्पनीले यसमा १ सय किलोवाट पिकपावर क्षमताको मोटर दिएको छ भने पिकटर्क २ सय २५ एनएम रहेको जनाएको छ। आयोन वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको टचस्क्रिनलगायत विशेषता छन्। आयोन वाईमा टायर प्रेसर मोनिटर, एबीएस, ईएसपी, इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरब्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउनलगायत सुरक्षा विशेषता छ। 

सीजी मोटरले आयोन वाईको नेपाली बजारमा सुरुमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ। तर पछिल्लो पटक कम्पनीले यसको मूल्य बढाइसकेको छ।  


प्रकाशित : बुधबार, जेठ ९ २०८११९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend