बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री दाहालले चौथोपटक पाए विश्वासको मत

सोमबार, जेठ ७ २०८१
प्रधानमन्त्री दाहालले चौथोपटक पाए विश्वासको मत

२०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएयता सत्ता गठबन्धन फेरिँदै गर्दा दाहालले चौथोपटक विश्वासको मत लिएका हुन्।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। 

२०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएयता सत्ता गठबन्धन फेरिँदै गर्दा दाहालले चौथोपटक विश्वासको मत लिएका हुन्। 

नेपालको संविधानको धारा १०० उपधारा (२) बमोजिम प्रतिनिधसभाबाट विश्वासको मत प्राप्त गर्न प्रम दाहालले राखेको प्रस्तावको पक्षमा १ सय ५७ मत परेको छ भने प्रस्तावको विपक्षमा शून्य र मत दिन्न भन्ने पक्षमा एक मत परेको छ।

प्रम दाहालले पाएको विश्वासको मतको संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले प्रधानमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले बताए।

नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्रीलाई संसद्का बहुमत सदस्यले विश्वासको मत दिएका हुन्। सोमबारको विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद उपस्थित थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै उनीमाथि छानबिनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेका छन्। 

गृहमन्त्री लामिछानेमाथि निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको अडान छ।


प्रकाशित : सोमबार, जेठ ७ २०८११३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend