शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विलिङको विङगो ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य ३१ लाख ९९ हजार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ७ २०८१
विलिङको विङगो ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य ३१ लाख ९९ हजार

सो विद्युतीय मोटरले ६७ पीएस पावर र १ सय ५० एनएम टर्क जेनेरेट गर्छ। कारको टप स्पीड १ सय २० किलोमिटर प्रतिघण्टा रहेको छ।

काठमाडौं- ह्याचब्याक सेगमेन्टमा अर्को नयाँ विद्युतीय कार भित्रिएको छ। चिनियाँ ब्रान्ड विलिङको विङगो इन्डोनेसियामा उत्पादन भएको हो। वुलिङको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले वुलिङ विङगो ईभी बजारमा ल्याएको हो। 

पारामाउन्ट मोटर्सले आइतबार विङगो ईभी सार्वजनिक गरेको हो। विलिङ विङगो ईभीको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। आकर्षक मूल्यमा आएको विङगो विभिन्न तीन कलरमा उपलब्ध छ।

यो ईभीमा ३१.९ किलोवाट आवरको लिथियम ब्याट्री प्याक रहेको छ। ५० किलोवाट पिकपावर मोटर भएको यो कारले एकपटक फुल चार्जमा ३ सय ३० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

सो विद्युतीय मोटरले ६७ पीएस पावर र १ सय ५० एनएम टर्क जेनेरेट गर्छ। कारको टप स्पीड १ सय २० किलोमिटर प्रतिघण्टा रहेको छ।

विलिङ विङगो एसी चार्जरको साहयतामा ५.५ घण्टामा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। विङगो फ्रन्ट ह्वील ड्राइभ अप्सन कार हो। 

विङगो रेट्रो क्लासिक डिवाइनमा आधारित कार हो। डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको विङगोमा एलईडी लाइट रहेको छ।

कारमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, सेरामिक ग्लेज इन्टेरियर, डुअल फ्रन्ट एयरब्याग, अटोमेटिक होल्डसहितको इलेक्ट्रोनिक पार्किङ, एबीएस, ईबीडी, ईएसी र क्रुज कन्ट्रोललगायत विशेषता उपलब्ध रहेको छ। 


प्रकाशित : सोमबार, जेठ ७ २०८११०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend