शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एकदिनमै ५० वटा बीवाईडी ईभी डेलिभरी

आरएसए भेहिकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई सिक्स सार्वजनिक

आइतबार, जेठ ६ २०८१
एकदिनमै ५० वटा बीवाईडी ईभी डेलिभरी

सो अवसरमा रोड साइड असिस्टेन्स ९आरएसए०भेहिकलको रुपमा बीवाईडी ई सिक्ससमेत सार्वजनिक भएको छ।

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एक दिनमै ५० वटा अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ। शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरबाट सो ईभी हस्तान्तरण भएको हो।  

उत्साहित ग्राहकहरुलाई बीवाईडी एटो थ्री र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको कम्पनीको भनाइ छ। यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधानतर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ।

अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशिलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको छ। 

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेहिकलको रुपमा बीवाईडी ई सिक्ससमेत सार्वजनिक भएको छ। जुन पहिलोपटक २०१७ मा भित्रिएको थियो। बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ। निर्वाध र झन्झटमुक्त ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीको छ। 

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ। साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने। अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुर्‍याउने आफ्नो अडिग प्रतिबद्धतालाई यसले दर्शाएको उनले बताए।

आरएसए भेहिकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ। यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा आफूहरु गौरवान्वित भएको तण्डुकारको भनाइ छ।  

बीवाईडी डल्फिन र बीवाईडी एटो थ्री एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन्। यी गाडी इनर्जी एफिसियन्ट समेत छन्। इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराइ यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ। 

सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रुपमा उभ्याएको छ। यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रित अभियानमार्फत साइमेक्स इंक आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधै प्रतिबद्ध रहने दाबी गरेको छ। 


प्रकाशित : आइतबार, जेठ ६ २०८११४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend