आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र ढुंगाना नियुक्त

images
बिहीबार , जेठ ३ २०८१
images
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र ढुंगाना नियुक्त

नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नुपूर्व नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ज्ञानेन्द्रप्रसाद ढुंगानासँग रहेको छ।

images
images

काठमाडौं- नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्।

images
images
images

जेठ २ मा बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुंगानालाई २०८१ साल असार १७ गतेदेखि लागु हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको हो। 

images
images

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ।

images
images

राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुंगाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन्। पेसाले चार्टड एकाउन्टेन्ट रहेका ढुंगानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ। 

नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नुपूर्व नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुंगानासँग रहेको छ।

नेपाल बंगलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिएपश्चात् ढुंगानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुवै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ क्षेत्रमै उदाहरणीय रहेको छ।

यसबाहेक ढुंगानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ। नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पुर्‍याउने सन्दर्भमा ढुंगानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ। 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुंगानालाई नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभूषित गरिएको थियो।

साथै ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन्। प्रमुख कार्यकारी अधिकृत ढुंगानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ।  

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुंगानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend