शनिबार, साउन १२ गते २०८१    
images
images
images

टोयोटा ल्यान्डक्रुजरसँग प्रतिस्पर्धा गर्ने किया ईभी नाइन भन्सार आइपुग्यो

विश्व बजारमा हलचल मच्चाएको ईभी नाइन आगामी साताबाट डेलिभरी

images
बिहीबार , जेठ ३ २०८१
images
images
टोयोटा ल्यान्डक्रुजरसँग प्रतिस्पर्धा गर्ने किया ईभी नाइन भन्सार आइपुग्यो

ह्वीलबेस भने टोयोटा ल्यान्डक्रुजर ३०० कोभन्दा किया ईभी नाइनको धेरै रहेको छ। ल्यान्डक्रुजर ३०० को ह्वीलबेस २ हजार ८ सय ५० एमएम छ भने ईभी नाइनको ह्वीलबेस ३ हजार ९८ एमएम रहेको छ।

images

काठमाडौं- शक्तिशाली विद्युतीय कार पनि नेपाल आएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले कियाले उत्पादन गरेको शक्तिशाली विद्युतीय कार नेपाल ल्याएको हो। 

images
images

कियाले उत्पादन गरेको कियाको ईभी नाइन एसयूभी नेपालको भन्सार बिन्दुमा आइपुगेको छ। उक्त कार यही साता भन्सार जाँचपास भएर काठमाडौं आइपुग्ने छ।

images

यो विद्युतीय एसयूभी टोयोटा ल्यान्डक्रुजरसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने क्षमताको रहेको छ। पावरदेखि गाडीको साइज सबैमा किया ईभी नाइनले टोयोटा ल्यान्डक्रुजरसँग नेकटूनेक प्रतिस्पर्धा गर्ने सक्ने अन्तर्राष्ट्रिय रुपमा चर्चा रहेको छ। 

टोयोटा ल्यान्डक्रुजर ३०० को लम्बाई ४ हजार ९ सय ८५ एमएम, चौडाई १ हजार ९ सय ८० एमएम र हाइट १ हजार ९ सय ४५ एमएम रहेको छ। किया ईभी नाइनको लम्बाई ५ हजार १४ एमएम, चौडाई १ हजार ९ सय ८० एमएम र उचाई १ हजार ७ सय ८० एमएम रहेको छ। 

images

ह्वीलबेस भने टोयोटा ल्यान्डक्रुजर ३०० कोभन्दा किया ईभी नाइनको धेरै रहेको छ। ल्यान्डक्रुजर ३०० को ह्वीलबेस २ हजार ८ सय ५० एमएम छ भने ईभी नाइनको ह्वीलबेस ३ हजार ९८ एमएम रहेको छ। 

ल्यान्डक्रुजर ३०० को नेपाली बजारमा मूल्य ५ करोडभन्दा बढी रहेको छ। समान स्पेसिफिकेसन भएको किया ईभी नाइनको मूल्यबारे धेरैंलाई कौतुहलता हुन सक्छ। तर ल्यान्डक्रुजर ३०० को तुलनामा ईभी नाइनको मूल्य कम रहेको छ। भन्सार जाँचपासको क्रममा रहेकाले कम्पनीले यसबारेमा औपचारिक जानकारी गराएको छैन। तथापी किया ईभी नाइन विद्युतीय एसयूभीको नेपाली बजार मूल्य १ करोड ८० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

कियाले विद्युतीय सवारी उत्पादनमा हालसम्म दिइएको भन्दा धेरै वारेन्टी दिएको दाबी गरेको छ। कियाले ईभी नाइनको ब्याट्रीमा १० वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी घोषणा गरेको छ। नेपालमा बाटोको अवस्थालगायत कारणले कन्टिनेन्टल ट्रेडिङले कति वारेन्टी दिन्छ भन्ने सार्वजनिक गरेपछि बताउने नै छ। 

किया ईभी नाइनले २०२४ वल्र्ड कार अवाड र नर्थ अमेरिकी युटिलिटी भेहिकल अफ द इयर अवार्डसमेत प्राप्त गरेको छ। 

७ सिट क्षमताको यो विद्युतीय एसयूभी ३५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुन जम्मा २४ मिनेटमात्र लाग्ने दाबी कम्पनीले गरेको छ। यो एसयूभीमा फ्रन्ट सेन्टर हेड प्रोटेक्सनसहित १० वटा एयर ब्याग रहेको छ। 

९९.८ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध ईभी नाइनमा डुअल मोटरसहित ई एडब्लूडी रहेको छ। त्यस्तै यो गाडीले ३ सय ७९ एचपी पावर र ५ सय १६ एनएम टर्क जेनेरेट गर्छ। ईभी नाइनले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४.५ सेकेन्डमै तय गर्न सक्छ।

यही साता भन्सार जाँचपास भएर काठमाडौं आइपुगेपछि आगामी साताबाट कन्टिनेन्टलले उपभोक्तालाई हस्तान्तरण सुरु गर्ने जनाएको छ। कम्पनीले ईभी नाइन कोरियाबाट ल्याएको हो। 


प्रकाशित : बिहीबार , जेठ ३ २०८१०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend