मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

मंगलबार, जेठ १ २०८१
पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन्। हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन्।

टीकापुर- कैलालीको चुरे गाउँपालिका-५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा संकलन गरेर खतीपातीमा जुटेका छन्।

हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन्।

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन्। गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन्।

यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा संकलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले बताए। उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन्।

'खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी संकलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,' उनले भने। यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन्।

खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताए। किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन्।

किसानले वर्षाको पानी संकलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उनले जानकारी दिए।


प्रकाशित : मंगलबार, जेठ १ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend