मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

किसानको आयस्तर बढाउन शुक्लाफाँटामा १३० क्विन्टल उन्नत जातको बीउ वितरण

मंगलबार, जेठ १ २०८१
किसानको आयस्तर बढाउन शुक्लाफाँटामा १३० क्विन्टल उन्नत जातको बीउ वितरण

चालु आवको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो।

कञ्चनपुर- उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।

चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो। नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए।

'किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ', शाखा प्रमुख बुढाऐरले भने, 'चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ।'

उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८११०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend