आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयर बजारमा हरियाली, बजार फर्कियो या चलखेलमै छ?

३ दिनमा ६० अंकले घटेको बजार मंगलबार नै बढ्यो ५६.७३ अंकले

images
मंगलबार, पुस ६ २०७८
images
सेयर बजारमा हरियाली, बजार फर्कियो या चलखेलमै छ?
images
images

काठमाडौं- यसअघि कारोबारको तीन दिनसम्म लगातर घटेको सेयर बजारमा मंगलबार सकारात्मक सुधार देखिएको छ। हरियाली छाएको बजार मंगलबार ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ।

images
images
images

मंगलबार ४९ लाख ७४ हजार कित्ता सेयर खरिद ब्रिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार १८० कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको कारोबार रकममा हेरफेर भएको छैन। 

images
images

यो साता कारोबार भएको पहिलो दिन सोमबार नै सेयर बजारमा गिरावट आएको थियो। आइतबार कारोबार बन्द रहेको बजार सोमबार १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको थियो।

images
images

त्यसअघि अघिल्लो साताको अन्तिम दिन बिहीबार पनि बजारमा गिरावट आएको थियो। अघिल्लो साताको बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा रोकिएको थियो। बिहीबार २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो।

यगरी अघिल्लो साताको बुधबार पनि बजार झिनो अंकले घटेको थियो। बुधबार सेयर बजार उतारचढावका बीच ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा रोकिएको थियो। बुधबार ४ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो।

अघिल्लो साता मंगलबार भने बजारमा ६ प्रतिशतको सकारात्मक सर्किट लागेको थियो। मंगलबार १३७.१८ अंकले बजार बढेर २४१८.८५ बिन्दुमा पुगेको थियो। मंगलबार १८८ कम्‍पनी सबैमा हरियाली छाएको थियो। जहाँ १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको थियो।

यसरी गएको साता मंगलबार सकारात्मक सर्किट लागेको बजार त्यसपछि बढ्ने लगानीकर्ताको आँकलन थियो। तर बजार त्यसपछि निरन्तर तीन दिनसम्मको कारोबारमा ६० अंकले गिरावट आएको थियो।

अघिल्लो साता आइतबार र सोमबार नै बजार घटेको थियो। अघिल्ला साताको आइतबार बजार ८८.७० अंक र सोमबार ७९.२३ ले घटेको थियो। यसरी घटेको बजार एक्कासी मंगलबार भने ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा लगानीकर्ता उत्साहित थिए। तर त्योअनुसार बजारले गति लिएको थिएन। 

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहेको विश्लेषकहरूले बताउँदै आइरहेका छन्। आज मंगलबार बढेको बजारले सकारात्मक बाटोको संकेत गरेको हो या बजार अझै चलखेलमा नै रहेको छ भन्ने यकीन आधार देखिँदैन। 

'यसअघि ब्रोकर तथा केही ठूलाबडा लगानीकर्ताहरूले नकारात्मक असर पुग्ने हल्लाहरू फैलाए। लोभलालच भएका लगानीकर्ताले नकारात्मक प्रचार बढी गरेका छन्। बजार घटाएपछि किन्न पाउने देखेर नकारात्मक विषयको बढी प्रचारमा उनीहरू लागे। कतिपयले बजार बढेको बेला बेचेर बसका थिए' विश्लेषक अम्बिकाप्रसाद पौडेल भन्छन्, 'केही मिडियामा नकारात्कम समाचार आउने, केहीमा त डिपोजिट बढ्यो अब तरलता अभाव कम हुँदै जान्छ र ब्याजदर पनि बढ्दैन भनेर आइरहेको छ। यस्ता कुराहरूले बजारलाई असर गर्छ। अब बजार सकारात्मक बाटो समाउने देखिन्छ।'


प्रकाशित : मंगलबार, पुस ६ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend