बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

करारमा ३४९ जना भर्ती गर्ने विद्युत प्राधिकरणको प्रक्रिया रद्द

मंगलबार, पुस ६ २०७८
करारमा ३४९ जना भर्ती गर्ने विद्युत प्राधिकरणको प्रक्रिया रद्द

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा करार नियुक्ति गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारी स्वामित्वको प्राधिकरणले मंसिर १ गते सूचना जारी गर्दै ३४९ जनालाई करारमा नियुक्त गर्न लागेको थियो।

तर उक्त विषयमा विरोधर भएपछि प्राधिकरणले उक्त प्रक्रिया रद्द गरेको जनाएको छ। प्राधिकरणले ४० जना अधिकृतस्तर र ३०९ जना सहायक स्तरका कर्मचारी नियुक्त गर्न लागेको थियो। प्राधिकरणले ठूलो संख्यामा करारमा लिन लागेपछि यसको व्यापक विरोध भएको थियो।

प्राधिकरण कर्मचारी तथा ट्रेड युनियनहरूले यसको विरोध गरेका थिए। उनीहरूले राजनीति नेतृत्वको कार्यकर्ता भर्तिको माध्यम बनाएर प्राधिकरणलाई पंगु बनाउन खोजिएको आरोप लगाएका थिए। ट्रेड युनियनहरूले सामूहिक विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए। 

प्राधिकरणले भने आवश्यकता आधारमा करामा भर्ती गर्न खोजिएको जिकिर गरेको थियो। प्राधिकरणको कर्मचारी सेवा सुविधा विनियमावलीमा सामान्यतया कुनै पनि पदमा करार नियुक्त नगरिने उल्लेख गरिएको छ। असामान्य अवस्था भएपछिमात्र १ वर्षका लागि प्राधिकरणले करारमा कर्मचारी भर्ना गर्ने उक्त विनियमावलीको आशय छ।

प्राधिकरणले प्राविधिक सेवा तर्फ तह ३, ४, ५ र ७ का पदहरमा गर्न लागेको करार सेवाको विज्ञापन विशेष कारणवश रद्द भएको सूचना निकालेको हो। आवेदन दिइसकेकाहरुको परीक्षा दस्तुर समेत र्फिता गरिने प्राधिकरणले जनाएको छ। 


प्रकाशित : मंगलबार, पुस ६ २०७८०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend