आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

चन्द्रागिरि हिल्सको नाफा १० करोड ७९ लाख रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३० २०८१
images
चन्द्रागिरि हिल्सको नाफा १० करोड ७९ लाख रुपैयाँ
images
images

काठमाडौं- चन्द्रागिरि हिल्सको नाफा ३८.८१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढेर १० करोड ७९ लाख १० हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ नाफा रहेको थियो।

images
images
images

कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिमा ६२ करोड ९० लाख २२ हजार रुपैयाँ रहेको थियो। अहिले बढेर ६९ करोड ७३ लाख ७२ हजार रुपैयाँ पुगेको छ। 

images
images

कम्पनीको अन्य आम्दानी ४४ लाख ९ हजार रुपैयाँबाट बढेर ८६ लाख ८३ हजार रुपैयाँ पुगेको छ। जसले गर्दा कम्पनीको नाफा बढेको छ।

images
images

कम्पनीको वित्तीय खर्च १८ करोड २९ लाख ६२ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा २० करोड ६६ लाख ८८ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष १२ करोड २२ लाख ४१ हजार रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend