मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आय बढाउन ९२ किसानलाई अनुदानमा मौरीसहितका घार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३० २०८१
आय बढाउन ९२ किसानलाई अनुदानमा मौरीसहितका घार

'वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ। वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ। उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ।'

तनहुँ- बन्दीपुर गाउँपालिका वडा-५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो।

किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए। त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ।

स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए। 

वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उनले भने, 'वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ। वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ। उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ।'

उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष लामिछानेले बताए। रासस 


प्रकाशित : आइतबार, वैशाख ३० २०८११०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend