बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमले पायो ५ वर्षका लागि लाइसेन्स, २१ करोड दस्तुर

शुक्रबार, वैशाख २८ २०८१
नेपाल टेलिकमले पायो ५ वर्षका लागि लाइसेन्स, २१ करोड दस्तुर

फ्रिक्वेन्सीको दस्तुर भने अहिलेको प्रचलित दरअनुसार हुने प्राधिकरणले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमले पाँच वर्षका लागि लाइसेन्स पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको कम्पनीलाई आजै लाइसेन्स दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। 

मन्त्रिपरिषदको निर्णयअनुसार प्राधिकरणले टेलिकमलाई मोबाइल सेवाको लाइसेन्स पाँच वर्षका लागि दिने निर्णय गरेको हो। मन्त्रिपरिषदले बिहीबारमात्र नयाँ लाइसेन्सको निर्णय गर्ने अधिकार प्राधिकरणलाई दिएको थियो। 

दूरसञ्चार ऐनको व्यवस्थाअनुसार २०५६ सालमा लिएको लाइसेन्सको अवधि आज सकिँदैछ। भोलिदेखि लागु हुनेगरी प्राधिकरणले टेलिकमलाई नयाँ लाइसेन्स दिएको हो। 

दूरसञ्चार सेवाको लाइसेन्स बढीमा २५ वर्षको हुने तर पहिलोपटक १० वर्षसम्मका लागि दिन सकिने व्यवस्था रहेको छ। यही व्यवस्था टेकेर सरकारले पाँच वर्षका लागि दिनेगरी निर्णय गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो। 

नयाँ ऐन बनाएपछि सोहीअनुसार हुनेगरी लाइसेन्सको व्यवस्था गर्ने सुरुवाति तयारी भएपनि तत्काल ऐन बन्न कठिन हुने भन्दै पाँच वर्षका लागि टेलिकमलाई लाइसेन्स दिइएको हो। 

फ्रिक्वेन्सीको दस्तुर भने अहिलेको प्रचलित दरअनुसार हुने प्राधिकरणले जनाएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend