शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विद्युतीय पिकअप उत्पादन गर्ने राडार अटो ब्रान्ड पनि सीजी मोटरले भित्र्यायो

आइतबार, वैशाख ३० २०८१
विद्युतीय पिकअप उत्पादन गर्ने राडार अटो ब्रान्ड पनि सीजी मोटरले भित्र्यायो

राडार अटोको आफ्नै उत्पादन प्लान्ट रहेको छ। चिनियाँ अटो जायन्ट जीलीको सबब्रान्डका रुपमा राडार अटो २०२२ मा स्थापना भएको कम्पनी हो।

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले अर्को नयाँ ब्रान्ड पनि भित्र्याउने पक्का भएको छ। हालैमात्र सीजी मोटर्सले राडार अटो ब्रान्ड नेपाल भित्र्याउनेगरी सम्झौता गरेको हो। 

हालसम्म सीजी मोटर्सले प्यासेन्जर कार र कमर्सियल विद्युतीय सवारी ब्रान्ड ल्याएको छ। अब भने कम्पनीले नयाँ सेगमेन्टको विद्युतीय सवारी पनि ल्याउने भएको छ। राडार अटोले विद्युतीय पिकअप उत्पादन गर्दै आएको छ। 

अहिले राडार अटोले आरडी सिक्स पूर्णविद्युतीय मिडसाइज पिकअप उत्पादन गरिरहेको छ। राडार अटोको आफ्नै उत्पादन प्लान्ट रहेको छ। चिनियाँ अटो जायन्ट जीलीको सबब्रान्डका रुपमा राडार अटो सन् २०२२ मा स्थापना भएको कम्पनी हो। 

राडारका विद्युतीय पिकअप सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) अन्तर्गत उत्पादन हुँदै आएको छ। राडारको पिकअपमा जीलीको हावई एसयूभीको इन्टेरियर लिइएको छ भने आरएन्डडी फ्यासिलिटी र ईभी उत्पादन प्लान्ट राडार अटोकै आफ्नै रहेको छ। 

आरडी सिक्समा सिंगल र डुअल पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ। यो पिकअपले २ सय २७ पीएस पावर जेनेरेट गर्छ। यो पिकअप तीन ब्याट्री अप्सन ६३ केडब्लूएच एलएफपी, ८६ केडब्लूएच (एनएमसी) र १ सय केडब्लूएच (एनएमसी) ब्याट्रीमा उपलब्ध रहेको छ। यो पिकअपमा २ सय किलोवाट पिक पावरको मोटर जडान गरिएको छ।

radar e pickup.jpg

आरडी सिक्सले एक पटकको फुल चार्जमा ६ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। त्यस्तै यो पिकअपले ११ केडब्लू एसी चार्जर र १ सय २० केडब्लू डीसी फास्ट चार्जर सपोर्ट गर्छ। 

यो पिकअपको ह्वीलवेस ३ हजार १ सय २० एमएम, लम्बाइ ५ हजार २ सय ५० एमएम, चौडाइ १ हजार ९ सय एमएम र उचाइ १ हजार ८ सय ३० एमएम रहेको छ। 

राडार आरडी सिक्स रेयर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ। २०२२ नोेभेम्बरमा रेयर ह्वील ड्राइभ पिकअप सार्वजनिक भएको थियो। हालसम्म विश्व बजारमा विद्युतीय पिकअप सीमित ब्रान्डले उत्पादन गरिरहेका छन्। 

टेस्लाको साइबर ट्रक र राडार आरडी सिक्समात्रै पियोर ईभी प्लेटफर्मम बनेको ईभी पिकअप हुन्। अन्य सबै आईसी इन्जिन प्लेटफर्मलाई ईभीमा कन्भर्ट गरिएको दाबी राडारले गरेको छ। राडारका सीईओ लिङ शिक्वानले केही समयअघि आरडी सिक्स अब्बल विद्युतीय पिकअपका रुपमा स्थापित हुने दाबी गरेका थिए। 

होजोन अटोबाट विद्युतीय सवारी आयात सुरु गरेको सीजी मोटर्सले भ्यान तथा माइक्रोबस र प्यासेन्जर कार गरेर आधा दर्जन ब्रान्ड आधिकारिक रुपमा नेपाल भित्र्याइसकेको र भित्र्याउने क्रममा रहेको छ। हाल सीजी मोटर्सले केवाईसी, किङलङका विद्युतीय माइक्रोबस आयात गरिरहेको छ भने निटा भी र जीएसीको आयोन ब्रान्ड ल्याएर बिक्री गरिरहेको छ।

त्यस्तै कम्पनीले स्मार्ट, एक्सपाङ, डायुन, लोटस मोटर तथा अवतार ब्रान्डका विद्युतीय कार ल्याउने सम्झौता गरिसकेको छ। यीमध्ये केही ब्रान्डका विद्युतीय सवारी आयातको प्रक्रियामा छन् भने केही २०२५ मा नेपाली बजारमा आइपुग्ने छन्। 


प्रकाशित : आइतबार, वैशाख ३० २०८११०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend