बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको लाइसेन्स अवधि भोलि सकिँदै, नयाँ व्यवस्थाका लागि मन्त्रिपरिषदबाट निर्णय हुँदै

बिहीबार , वैशाख २७ २०८१
नेपाल टेलिकमको लाइसेन्स अवधि भोलि सकिँदै, नयाँ व्यवस्थाका लागि मन्त्रिपरिषदबाट निर्णय हुँदै

अन्तिम नवीकरणबापतको रकम आजै भुक्तानी गरेको टेलिकमको लाइसेन्स अवधि भोलि सकिन्छ। लाइसेन्सको नवीकरण पाँच वर्षमा गर्नुपर्ने व्यवस्था छ।

काठमाडौं- २०५६ साल बैशाख २९ गते लाइसेन्स पाएको नेपाल टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि भोलि सकिँदैछ।

दूरसञ्चार ऐन २०५३ अनुसार दूरसञ्चारको लाइसेन्स अधिकतम २५ वर्षका लागि दिन सकिने व्यवस्था गरेको छ। 

यसरी दिइएको लाइसेन्सको नवीकरण पाँच वर्षमा गर्नुपर्ने व्यवस्था छ। अन्तिम नवीकरणबापतको रकम आजै भुक्तानी गरेको टेलिकमको लाइसेन्स अवधि भोलि सकिन्छ।

ऐनमा ५० प्रतिशत स्वदेशी लगानी रहेको कम्पनीले २५ वर्षपछि पनि फेरि लाइसेन्स लिएर सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने तर त्यसको नवीकरण के कसरी हुने विषयमा भन्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस बारेमा प्रस्ताव तयार पारेर क्याबिनेटमा पठाइसकेको छ। आजै निर्णय हुने मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

टेलिकमका बारेमा हुने निर्णयले अन्य निजी कम्पनीको लाइसेन्स पनि प्रभावित हुने भएकाले सरकारले कस्तो निर्णय गर्छ भनेर चासोका साथ हेरिएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend