शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ईभी रिभ्युअर लोकेश ओलीले रोजे दीपल एस सेभेन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २५ २०८१
ईभी रिभ्युअर लोकेश ओलीले रोजे दीपल एस सेभेन

ईभीमा निकै लामो अनुभव भएका ओलीले चांगानको प्रिमियम सब ब्रान्ड दीपलको भर्खरै नेपालमा लन्च भएको दीपल एस सेभेन लिएका हुन्।

काठमाडौं- लोकप्रिय ईभी रिभ्युअर तथा ओलिज स्टोरका संस्थापक लोकेश ओलीले नयाँ दीपल एस सेभेनलाई आफ्नो नयाँ ईभीका रुपमा रोजेका छन्। उनीसँग यसअघि टेस्ला मोडल वाई र अन्य ब्रान्डका ईभी थिए। 

ईभीमा रुची राख्नेहरु र ईभी किन्ने खोज्नेहरु लोकेश ओलीका रिभ्यु भिडियोहरुलाई महत्वका साथ हेर्ने गरेका छन्। उनलाई बिजुली दाइका रुपमा पनि लिइने गरिएको छ।

ईभीमा निकै लामो अनुभव भएका ओलीले चांगानको प्रिमियम सब ब्रान्ड दीपलको भर्खरै नेपालमा लन्च भएको दीपल एस सेभेन लिएका हुन्।

‘चांगान चीनको सबैभन्दा पुरानो अटोमेकर भए पनि ऊ रिसर्चमा सबैभन्दा धेरै पैसा खर्च गर्ने कम्पनी हो जसका कारण दिपल जस्तो ईभी बनाउन सकेको छ। त्यसैले मैले दिपल लिएको हो’ उनले भने।

‘यसमा रियल ह्विल ड्राइभ, एचयूडी, सनफ्लावर टचस्क्रिन र चार वटा ड्राइभ मोड लगायत धेरै फिचर छन्। जसले यसलाई बजारमा उपलब्ध अन्य ईभीभन्दा अब्बल बनाएको छ,’ उनले अगाडि भने, ‘डिजाइन, टेक्नोलोजी र पर्फमेन्सका कारण दिपल नेपाली परिवेशमा राम्रो हुन ठानेर मैले रिभ्यु गर्दा नै यो गाडी लिने निर्णय गरेको थिएँ।’

ईभीमा ओलीको विस्तृत समीक्षा र विचारले ईभी ग्राहकले सही जानकारी पाउनुका साथै नेपालमा इलेक्ट्रिक मोबिलिटी कल्चरलाई पनि नयाँ उचाइमा पुर्याएको छ। उनका रिभ्यु भिडियोहरु युट्युब लगायतका सामाजिक सञ्जालमा निकै रुचाइन्छ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend