बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी मोटर्सले भित्र्याउँदै अर्को ईभी ब्रान्ड, सेडानदेखि एसयूभीसम्मका गाडी कहिले आइपुग्छ नेपाल?

बुधबार, वैशाख २६ २०८१
सीजी मोटर्सले भित्र्याउँदै अर्को ईभी ब्रान्ड, सेडानदेखि एसयूभीसम्मका गाडी कहिले आइपुग्छ नेपाल?

विभिन्न चरणपछि डायुन अटोले विद्युतीय सवारीका लागि नयाँ ब्रान्ड युनहाङ अटोमोबाइल कम्पनीमार्फत २०२३ नोभेम्बरबाट विद्युतीय सवारीको मास प्रोडक्सन सुरु गरेको हो।

काठमाडौं- विद्युतीय सवारी ब्रान्ड ल्याउन आक्रामक रहेको सीजी मोटर्सले अर्को चिनियाँ ब्रान्ड नेपाल ल्याउने चिश्चित भएको छ। डायुन अटो ब्रान्ड ल्याउन सीजी मोटर्सले केही समयअघि सम्झौता गरेको हो। 

चीनको शान्सी प्रान्तमा रहेको डायुन ब्रान्डका आईसी तथा ईभी दुवै सेगमेन्टका सवारी उत्पादन हुँदै आएका छ। सीजी मोटर्सले भने डायुन अटोले उत्पादन गरेको विद्युतीय सवारीमात्र नेपाल ल्याउने भएको छ। 

होजोन अटोबाट विद्युतीय सवारी आयात सुरु गरेको सीजी मोटर्सले भ्यान तथा माइक्रोबस र प्यासेन्जर कार गरेर आधा दर्जन ब्रान्ड आधिकारिक रुपमा नेपाल भित्र्याइसकेको र भित्र्याउने तयारी गरेको छ। हाल सीजी मोटर्सले केवाईसी, किङलङका विद्युतीय माइक्रोबस आयात गरिरहेको छ भने निटा भी र जीएसीको आयोन ब्रान्ड ल्याएर बिक्री गरिरहेको छ।

त्यस्तै कम्पनीले स्मार्ट, एक्सपाङ, लोटस मोटर तथा अवतार ब्रान्डका विद्युतीय कार ल्याउने सम्झौता गरिसकेको छ। यीमध्ये केही ब्रान्डका विद्युतीय सवारी आयातको प्रक्रियामा छन् भने केही २०२५ पछिमात्र नेपाली बजारमा आइपुग्ने छन्। 

यसका साथै सीजी मोटर्सले डायुन अटो कम्पनी लिमिटेडले उत्पादन गरेका विद्युतीय सवारी पनि नेपाली बजारमा ल्याउँदै छ। डायुन अटो २००५ मा स्थापना भएको र २००९ देखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो। 

dauyn y6.jpg

ठूला बस/ट्रकदेखि ट्याक्टरसम्म उत्पादन गर्ने यो कम्पनीले उत्पादन थालेको केही वर्षमै चीनको १० धेरै सवारी बिक्री गर्नेको सूचीमा परेको थियो। २०१५ मा डायुन चिनियाँ अटोमोबाइल उद्योगको सातौँ स्थानमा पुगेको थियो।  

समयक्रमसँगै डायुन न्यू इनर्जी सवारी उत्पादनमा समेत प्रवेश गर्‍यो। विभिन्न चरणपछि डायुन अटोले विद्युतीय सवारीका लागि नयाँ ब्रान्ड युनहाङ अटोमोबाइल कम्पनीमार्फत २०२३ नोभेम्बरबाट विद्युतीय सवारीको मास प्रोडक्सन सुरु गरेको हो। 

डायुन अटो अन्तर्गत विभिन्न तीन वटा उत्पादन प्लान्ट रहेका छन्। त्यसमध्ये विद्युतीय सवारी उत्पादनको एउटा प्लान्ट रहेको छ। हाल डायुनको सबब्रान्ड युनहाङका एसयूभी तथा सेडान सेगमेन्टका ४ भन्दा बढी मोडल उत्पादन हुँदै आएको छ। 

युनहाङ एननाइन, युनहाङ एचएट, युनहाङ वाइसिक्स र युनहाङ वाईसेभेन उत्पादन हुँदै आएको छ। अन्य मोडलहरु पनि उत्पादन गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ।

सुरुवाती चरणमा सीजी मोटरले एसयूभी सेमेन्टको एचएट बजारमा ल्याउने अनुमान गरिएको छ। त्यसपछि क्रमिक रुपमा सीजी मोटर्सले अन्य मोडलहरु पनि ल्याउँदै जानेछ। 


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend