बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भुक्तानी नहुँदा भारतीय कम्पनीले रोकिदियो ब्यान्डविथ, इन्टरनेट सेवा अवरुद्ध

बिहीबार , वैशाख २० २०८१
भुक्तानी नहुँदा भारतीय कम्पनीले रोकिदियो ब्यान्डविथ, इन्टरनेट सेवा अवरुद्ध

त्यस्तै भायानेट कम्युनकेसनले पनि यस्तै जानकारी दिएको छ।

काठमाडौं- नेपालका निजी इन्टरनेट सेवाप्रदायक कम्पनीको सेवा प्रभावित भएको छ। पछिल्लो एक वर्षदेखि सरकारसँग विवादमा रहेका कम्पनीहरूको अन्तर्राष्ट्रिय ब्यान्डविथ काटिंदा इन्टरनेटमा समस्या आएको हो। 

अर्बौ कर बक्यौता रहेका इन्टरनेट सेवाप्रदायकले कर नतिरेसम्म विदेशी मुद्रा विनिमयको सिफारिस सरकारले रोक्दा भुक्तानी हुन सकेको छैन। 

भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालतर्फको केनेक्सन काटिदिएपछि अपरान्हदेखि इन्टरनेट अवरुद्ध भएको छ। 

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट अवरुद्ध भएको जानकारी दिएको छ। अपस्ट्रिम सेवाप्रदायकलाई समयमै भुक्तानी गर्न नसक्दा लाइन काटिएको र त्यही कारणले अहिले सेवा अवरुद्ध भएको कम्पनीले जानकारी दिएको छ। 

त्यस्तै भायानेट कम्युनकेसनले पनि यस्तै जानकारी दिएको छ। नेपाल टेलिकमको इन्टरनेटमा भने समस्या छैन।

सरकारले रोक्यो राजस्व बक्यौता भएका इन्टरनेट सेवाप्रदायकको ‘सहजीकरण’ सरकारले रोक्यो राजस्व बक्यौता भएका इन्टरनेट सेवाप्रदायकको ‘सहजीकरण’

 

के हो विवाद, किन रोकिएको थियो भुक्तानी? 

कानूनअनुसारको रोयल्टी तथा शुल्क तिर्नुको साटो संसदीय समितिबाट निर्णय गराएर उन्मुक्ति लिन खोज्दा इन्टरनेट सेवाप्रदायकहरूको राजस्व बक्यौता बढ्दै गएको छ।

दूरसञ्चार ऐन, नियमावली, आर्थिक ऐन  तथा अन्य करसम्बन्धी प्रशासनिक निर्णयमा स्पष्टसँग छुटको घोषणा नभएको विषयमा सेवा प्रदायकले छुट मागेर यसरी बक्यौता बढाउँदै आएका छन्। दूरसञ्चार प्राधिकरण तथा सञ्चार मन्त्रालयले निरन्तर ताकेता गर्दा पनि कर तिर्न मानिरहेका छैनन्। 

पाँच वर्षदेखि इन्टरनेट सेवाप्रदायकले तिरेनन् राजस्व, सबैभन्दा धेरै इन्टरनेट वर्ल्डलिंकको बक्यौता पाँच वर्षदेखि इन्टरनेट सेवाप्रदायकले तिरेनन् राजस्व, सबैभन्दा धेरै इन्टरनेट वर्ल्डलिंकको बक्यौता

 

 


प्रकाशित : बिहीबार , वैशाख २० २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend