बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रविधिमा लगानी बढाउँदैछन् नेपालका ठूला व्यवसायी

बिहीबार , वैशाख २० २०८१
प्रविधिमा लगानी बढाउँदैछन् नेपालका ठूला व्यवसायी

उत्पादन तथा वित्तीय मध्यस्थतता वा अन्य क्षेत्रमा लगानी गरेकाहरूले लगानीको आकर्षक क्षेत्रका रुपमा सूचना प्रविधिलाई अघि बढाएका छन्।

काठमाडौं- अन्य व्यवसायमा स्थापित तथा सफल उद्यमीहरूले पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेका छन्। विभिन्न क्षेत्रमा स्थापित भएकाहरूले पछिल्लो समय सूचना प्रविधिका विभिन्न क्षेत्रमा आफ्नो लगानीको फुटप्रिन्ट विस्तार गरिरहेका हुन्। 

उत्पादन तथा वित्तीय मध्यस्थतता वा अन्य क्षेत्रमा लगानी गरेकाहरूले लगानीको आकर्षक क्षेत्रका रुपमा सूचना प्रविधिलाई अघि बढाएका छन्। 

आईएमई, गोल्छा समूह जस्ता प्रतिष्ठित समूहले सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्। उपकरणको व्यापार बाहेक सफ्टवेयर विकास तथा सेवाको क्षेत्रमा नेपालका स्थापित उद्यमीहरूले काम गर्न थालेका छन्। 

विश्व बजारमा स्थापित व्यवसायीभन्दा पनि स्टार्टपहरूले प्रविधिमा प्रभाव जमाउने गरेपनि नेपालमा भने खासै त्यस्तो उदय भएको छैन। 

अहिलेसम्म बहुराष्ट्रिय केही कम्पनीको लगानीमा खुलेका अफिसमा व्यवस्थपाकीय काम गर्ने बाहेक आफ्नै युनिकर्न बनाउन कोही पनि सफल भएका छैनन्। 

संकटोन्मुख अर्थतन्त्रको बाह्य क्षेत्र, सन्तुलनको सेतु बन्न सक्छ आईटी संकटोन्मुख अर्थतन्त्रको बाह्य क्षेत्र, सन्तुलनको सेतु बन्न सक्छ आईटी

नेपालमा पछिल्लो समय एफ वान सफ्ट बाहेक खासै कुनै पनि नयाँ भेञ्चर देखिनेगरि उदय भएको छैन। यस्तोमा अवसर भएको क्षेत्रमा स्थापित व्यवसायीहरूले हात हालेका छन्। 

प्रविधिको क्षेत्रमा आफ्नो इकोसिस्टम विकासमा आईएमई समूह अग्रणि देखिएको छ। वित्तीय मध्यस्थताको क्षेत्रमा पकड जमाएको यो समूहले आफ्नै कोर क्षेत्रसँग सम्बन्धित सेवासँगै अन्य क्षेत्रमा पनि लगानी विस्तार गरेको छ। 

आईएमईसँगै अन्य समूहले पनि आईसीटी विंग बनाएर नयाँ अवसरको खोजीमा लागेका छन्। हालैमात्र बसन्त चौधरीले  डेटा सेन्टर स्थापनाका लागि भारतीय कम्पनीसँग सम्झौता गरेका छन्। 

दुई दशक समय र अर्बौं लगानी गरेको वस्तु निर्यातभन्दा सूचना प्रविधि लाभदायक  दुई दशक समय र अर्बौं लगानी गरेको वस्तु निर्यातभन्दा सूचना प्रविधि लाभदायक 

प्रविधिको क्षेत्रमा उपलब्ध हुने अवसरमा स्थापित व्यवसायी नै अघि सर्न थालेका छन्। 

तेस्रो पुस्ताको उदयसँगै उनीहरूको रुची र चासोअनुसार यो क्षेत्रमा प्राय सबै समूहले कुनै न कुनै रुपले लगानी बढाउँदै आएका छन्। 

औद्योगिक क्रान्तिको विश्वव्यापी प्रवाहसँग जोडिन नसकेको नेपाली अर्थतन्त्रले अहिलेसम्म पनि स्वभाविक संक्रमणको लय समात्न सकेको छैन। 

कृषिबाट उद्योग र त्यसबाट सेवा क्षेत्रमा फड्को मार्नुपर्नेमा कृषिबाट सिधै सेवा क्षेत्रमा उन्नति गरेको नेपाली अर्थतन्त्र पछिल्लो समयको एआई(आर्टिफिसियल इन्टेलिजेन्स) क्रान्तिको प्रवाहमा जोडिनसक्ने विश्वासनीय आधार देखिएको छैन। 

एआई क्रान्तिका लागि आधारभूत पूर्वाधार निर्माणमा देखिएको बेवास्तासँगै अन्वेषणमा शून्य लगानीका कारणले यसमा पनि नेपाली अर्थतन्त्र छुट्ने जोखिम बढेको छ। 


प्रकाशित : बिहीबार , वैशाख २० २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend