आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नियम उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

images
बिहीबार , वैशाख २० २०८१
images
नियम उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारबाही गरेको छ।

images
images
images

प्राइम कमर्सियल बैंकले २०७८ चैत महिनाको अपरिष्कृत वित्तीय विवरणका आधारमा तयार पारेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा राष्ट्र बैंकले थप कर्जा नोक्सानी कायम गर्न दिएको निर्देशन पालना नगरेकाले प्राइम कमर्सियल बैंक सीईओलाई नसिहत दिएको छ।

images
images

यस्तै यस बैंकले क्यापिटल एड्युकेसी फ्रेवर्कअनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो। 

images
images

यस्तै कुमारी बैंकले क्यापिटल एड्युकेसी फ्रेमवर्क अनुसार भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि विपरीत ब्याजदर अनुदान दिएकाले सञ्चालक समिति र सीइओलाई सचेत गराएको छ। 

यस्तै पूर्वकार्यकारी अधिकृतले कार्यसम्पदान नै नगरी १३ महिना १६ दिनको पारिश्रमिक बापत २ करोड ३ लाख रुपैयाँ बुझेकाले उक्त रकम ३५ दिनभित्र फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ। बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसरी नोट जारी गरी वेनिफेसेरीबाट बैंकले ४१ करोड ३६ लाख रुपैयाँ बराबरको बिल खरिद गरी कर्जा सापट दिएको र २०७९ चैत मसान्तसम्म कर्जा एभरेग्रिनिङ गरेको भन्दै सचेत गराएको हो।

कर्जा दुरुपयोग गरेका व्यवसायी राजेन्द्र खेतानलाई राष्ट्र बैंकले गरायो १० लाख जरिबाना कर्जा दुरुपयोग गरेका व्यवसायी राजेन्द्र खेतानलाई राष्ट्र बैंकले गरायो १० लाख जरिबाना


प्रकाशित : बिहीबार , वैशाख २० २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend