बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२७ करोडको लगानीमा वार्षिक २० लाख जुत्ता चप्पल उत्पादन गर्दै एशियन फुटवेयर

सोमबार, पुस ५ २०७८
२७ करोडको लगानीमा वार्षिक २० लाख जुत्ता चप्पल उत्पादन गर्दै एशियन फुटवेयर

वार्षिक २० लाख जुत्ता चप्पल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

काठमाडौं- वार्षिक २० लाख जुत्ता चप्पल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। २७ करोड रुपैयाँको लगानीमा झापामा जुत्ता चप्पल उत्पादन गर्ने उद्योग सञ्चालन हुन लागेको हो।

उद्योग विभागमा अनुसार झापाकोक मेचीनगरमा एशियन फुटवेय प्राली दर्ता भएको छ। उद्योगले वार्षिक १२ लाख जोडी जुत्ता र ८ लाख चप्पल उत्पादन गर्ने भन्दै उद्योग दर्ता गराएको छ।

मध्यमस्तरको उत्पादनमुलक उद्योगमा १ सय ९८ जनाले रोजगारी पाउने छन्। उद्योगमा ५० केभिए विद्युत खपत हुने भएको छ। पछिल्लो सयम नेपालमै जुत्ता चप्पलको उत्पादन बढ्दो छ। नेपाल जुत्ता चप्पलमा आत्मनिर्भरको बाटोतर्फ लम्किरहेको छ। 


प्रकाशित : सोमबार, पुस ५ २०७८०५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend