बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वाईवाई चाउचाउको गुणस्तर परीक्षण गरेको जेष्ट ल्याब नै सर्टिफाइ नभएको दाबी

बुधबार, वैशाख १९ २०८१
वाईवाई चाउचाउको गुणस्तर परीक्षण गरेको जेष्ट ल्याब नै सर्टिफाइ नभएको दाबी

काठमाडौं- काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमनपछि परीक्षणबाट एक लटमा बजारमा गएको वाईवाई चाउचाउको गुणस्तर कमजोर रहेको विषय आएसँगै अहिले परीक्षण गर्ने ल्याबमाथि नै प्रश्न उठेको छ। 

काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागले गुणस्तर परीक्षण गरेको ल्याबमै समस्या रहेको आशंका व्यक्त गरिएको छ। महानगरले सार्वजनिक गरेको रिपोर्टपछि दुई लाख रुपैयाँ जरिबाना तोकेपनि अहिले ल्याबको विषयमा प्रश्न उठेको छ।  

प्राविधिकहरुका अनुसार जेष्ट ल्याबको टेक्निकल पारामिटर चाउचाउको जाँच गर्न उपयुक्त छैन। 'ल्याबको सबै पारामिटर ठीक छ कि छैन साथै उपकरणहरू र जाँचका लागि आवश्यक सबै कुरा छ कि छैन भनेर सर्टिफाइ गर्ने जुन आइएसओ, एनएबीएल जस्ता अन्तर्राष्ट्रिय संस्था हुने गरेको छ त्यसले तोकेर प्रमाणित गरेको विषमा मात्रै जाँच गर्न पाउनेगरी सर्टिफाइ गरेको हुन्छ। जुन सामान्यतया दुई वर्षको हुन्छ। त्यसमा दुई वर्षपछि पुनः अनुमति लिनुपर्ने हुन्‍छ। यस्तोमा जेष्ट ल्याबको अनुमतिको अवधि सन् २०१५ मा नै सकिएको छ' एक प्राविधिकले भने। 

'त्यसमा पनि जेष्टले खाद्यमा विशेषगरी चाउचाउ जाँच गर्न पाउने अनुमति लिएको छैन। उसले स्वास्थ्य सामग्री र केही केही खाद्यको मात्र अनुमति पाएको छ। जेष्टले अनुमति नपाएको क्षेत्रको जाँच गरेको र त्यसमा पनि लाइसेन्सको अवधि सकिएको अवस्थामा। यसैले वाईवाईको जाँच गर्न उनीहरू योग्य देखिँदैनन्। सोही कारण पनि ल्यावमै समस्या भएको हुनसक्ने अनुमान गरिएको छ' उनले भने। 

यता केही दिन अगाडि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाईवाईमार्फत सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरेर अघि बढेसँगै ब्रान्डको बदनामी गर्ने प्रयासहरू भइरहेको बताएका थिए।

केहीअघि मात्र चौधरी समूहले लोकप्रिय वाईवाई चाउचाउ उत्पादन गर्ने आफ्नो कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने घोषणा गरेको थियो। चाउचाउको बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बनेको वाईवाईको उत्पादक कम्पनी सीजी फुड्सको प्राथमिक सेयर निष्कासन गरिने समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका थिए। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएको र त्यसमा वाई वाईलाई निशाना बनाइएको उनको दाबी छ।


प्रकाशित : बुधबार, वैशाख १९ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend