शुक्रबार, जेठ ४ गते २०८१    
images
images

नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सेवासुविधा

images
मंगलबार, वैशाख १८ २०८१
images
images
नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सेवासुविधा

आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आईसीटी डे अफर उपलब्ध गराउने भएको छ।

images
images
images

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारासहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो।

images

बैशाख १९ बुधबारदेखि प्रारम्भ हुने सो अफर सो अफर २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ। 

images
images

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ। 

images
images

यसैगरी डाटा प्याकेजअन्तर्गत १ सय ११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ।

यसै अफरअन्तर्गत ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा    मासिकरुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।

मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८१०४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend