बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सेवासुविधा

मंगलबार, वैशाख १८ २०८१
नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सेवासुविधा

आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आईसीटी डे अफर उपलब्ध गराउने भएको छ।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारासहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो।

बैशाख १९ बुधबारदेखि प्रारम्भ हुने सो अफर सो अफर २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ। 

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ। 

यसैगरी डाटा प्याकेजअन्तर्गत १ सय ११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ।

यसै अफरअन्तर्गत ७ सय ८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा    मासिकरुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।

मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend