बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ : भारतीय राजदूत श्रीवास्तव

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १६ २०८१
नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ : भारतीय राजदूत श्रीवास्तव

'ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ। हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ।'

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौंमा चलिरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उनले भने, 'व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ। नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको छ।'

नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहोर्‍याउँदै राजदूत श्रीवास्तवले भने, 'हामीले एकीकृत चेकपोष्टको निर्माण गरिरहेका छौँ। केही बनिसकेका छन् केही बन्ने क्रममा छन्। त्यसैगरी अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ। ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ। हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ।'

सो अवसरमा एसियाली विकास बैंक (एडीबी)का मध्य-पश्चिम र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष यिङमाङ याङले नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन्। 

उनले एडीबीले लगानीका लागि विभिन्न अवसर खोजिरहेको जानकारी गराउँदै भने, 'नेपाल प्राकृतिक स्रोत, कृषि, हरित ऊर्जा, पर्यटन, व्यापार र लगानीमा सम्भावना भएको देश हो। हामीले सहकार्य गरेर लगानी गर्ने अवसर खोज्दैछौँ। निजी क्षेत्रलाई सहजीकरण गर्न सरोकारवालासँग काम गरिरहेका छाैँ। सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ।'


प्रकाशित : आइतबार, वैशाख १६ २०८११३:२१
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend