बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १६ २०८१
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मेलनका सन्दर्भमा लगानीकर्ताका लागि सहज होस् भन्ने हेतुले अध्यादेश जारी गरिएको हो।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

आज आइतबारदेखि काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मेलनका सन्दर्भमा लगानीकर्ताका लागि सहज होस् भन्ने हेतुले अध्यादेश जारी गरिएको हो।


प्रकाशित : आइतबार, वैशाख १६ २०८१११:५६
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend