बुधबार, वैशाख २६ गते २०८१    
images
images

सुरुङमार्ग, मेट्रो रेलदेखि केबलकारसम्म : लगानी सम्मेलनमा सोकेस गरिँदै यातायात क्षेत्रका यी १९ परियोजना

images
images
images
सुरुङमार्ग, मेट्रो रेलदेखि केबलकारसम्म : लगानी सम्मेलनमा सोकेस गरिँदै यातायात क्षेत्रका यी १९ परियोजना

लगानी सम्मेलनको सोकेसमा राखिने यातायात क्षेत्रका परियोजनाहरूमा सुरुङ मार्ग र मेट्रो रेलदेखि केबलकारसम्मका आयोजनाहरू रहेका छन्।

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलन सुरु हुन अब एक दिनमात्रै बाँकी छ। भोलि आइतबार र पर्सी सोमबार (बैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ काठमाडौंमा आयोजना हुँदैछ। 

images
images
images

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा १ सय ४८ परियोजना प्रस्तुत गरिने भएको छ। 

images

पर्याप्त पुँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन्।

images

लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ। सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका आयोजना समावेश गरिएका छन्। यस्तै यातायात, खानी तथा खनिजजन्य, पर्यटन, कृषि, उत्पादन क्षेत्र, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा, सञ्चार तथा सूचना प्रविधि, पानी आपूर्तिका र सहरी विकास क्षेत्रका परियोजना पनि समावेश छन्। 

images
images

लगानी सम्मेलनमा सार्वजनिक-निजी-साझेदारीमार्फत् विकास गर्नेगरी केही आयोजना छन् भने विभिन्न १४ वटा आयोजना प्रत्यक्ष लगानीका लागि उपयुक्त परियोजनाका रुपमा पहिचान भएका छन्।

साथै विभिन्न सातवटा आयोजनालाई ‘सोकेसिङ फर मार्केट साउण्डिङ’ प्रयोजनका लागि लगानी सम्मेलनमा लगिँदैछ। जुन प्रारिम्भक चरणका अध्ययन भइरहेको र विस्तृतमा अध्ययन हुन बाँकी रहेको प्रकृतिका आयोजना हुन्।

लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट-पीडीए) गर्ने तयारीसमेत भइरहेको बोर्डले जनाएको छ। सम्मेलनका क्रममा नेपाल-चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी-२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पीडीए सम्झौता हुँदैछ।

लगानी सम्मेलनका लागि गठित निर्देशक समिति, कार्यान्वयन समिति, प्राविधिक समिति तथा सचिवालयले तय गरेका काममा कसरी बढीभन्दा बढी नतिजामुखी हुन सकिन्छ भनेर आन्तरिक गृहकार्य चुस्त बनाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताएका छन्। 

लगानी सम्मेलनको सोकेसमा राखिने यातायात क्षेत्रका परियोजनाहरूमा सुरुङ मार्ग र मेट्रो रेलदेखि केबलकारसम्मका आयोजनाहरू रहेका छन्। 

यी हुन् लगानी सम्मेलनको सोकेसमा राखिने यातायात क्षेत्रका १९ आयोजना

१) बेथानचोक नारायणथान दर्शन केबलकार

२) काठमाडौं चक्रपथ विद्युतीय बस ‘र्‍यापिड ट्रान्जिट’ प्रणाली आयोजना

३) चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुतमार्ग (एक्सप्रेस वे) आयोजना

४) चितवन-रामपुर-बुटवल द्रुतमार्ग आयोजना

५) चितवन-रामपुर-पोखरा द्रुतमार्ग आयोजना

६) विद्युतीय सवारीसाधनका लागि ‘फास्ट चार्जिङ स्टेशन’

७) सुदूरपश्चिम सार्वजनिक यातायात आयोजना

८) मधेस प्रदेश सार्वजनिक यातायात परियोजना

९) पाटन ढोका, जावलाखेल र लामाचौरमा बहुतले पार्किङ निर्याण परियोजना 

१०) मलेखु-लोथर सडक र सुरुङ परियोजना

११) दाउन्ने खण्ड रोड सुरुङमार्ग

१२) हेम्जा-नयाँपुल खण्डसडक सुरुङमार्ग आयोजना

१३) मिर्चैया-कटारी-घुर्मी सडक आयोजना

१४) धरान लेउती रोड सुरुङमार्ग आयोजना

१५) मेट्रो रेल १ः सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोक

१६) मेट्रो रेल २ः कीर्तिपुर-कालीमाटी-नयाँ बानेश्वर-एयरपोर्ट

१७) मेट्रो रेल ३ः कोटेश्वर-चाबहिल-स्वयम्भु-कोटेश्वर

१८) आधुनिक टर्मिनलसहितको बसपार्क परियोजना

१९) पोखरा महानगरपालिका र पोडवे आयोजना पोखरा महानगरपालिका

images

प्रकाशित : शनिबार, वैशाख १५ २०८१०८:४२
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस