शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सिप्रदी र नबिल बैंकबीच सम्झौता, टियागो ईभीका लागि सहज रुपमा कर्जा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १४ २०८१
सिप्रदी र नबिल बैंकबीच सम्झौता, टियागो ईभीका लागि सहज रुपमा कर्जा

सम्झौतामा टाटा टियागो ईभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ।

काठमाडौं- नबिल बैंक र टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

अब टाटा टियागो ईभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंक लिमिटेडको नेपालभरका शाखाहरुमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन्। 

सम्झौतामा टाटा टियागो ईभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ। 

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको सिप्रदीले जनाएको छ। टाटाको टियायो ईभी किन्न चाहनेले ५ लाख २९ हजार रुपैयाँ डाउनपेमेन्टमा  नबिल बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन्। 

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याकका रुपमा रहेको छ। हालसम्म नेपाली बजारमा टियागो ईभी १ हजार ६ सय वटाभन्दा बढी बिक्री भइसकेको छ। 

टियागो ईभी खरिद गरेका सबै ग्राहक सन्तुष्ट भएकाले यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ। टियागो ईभी अहिले ५ लाख २९ हजार रुपैयाँ डाउनपेमेन्ट गरेर खरिद गर्न सकिन्छ। 


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend