बुधबार, वैशाख २६ गते २०८१    
images
images

टोयोटाले गुमाएको बजार हिस्सा : ईभी नहुनु र आर्थिक शिथिलता मुख्य कारण

images
images
images
टोयोटाले गुमाएको बजार हिस्सा : ईभी नहुनु र आर्थिक शिथिलता मुख्य कारण

युनाइटेड ट्रेडर्स सिन्डिकेटले २०२२ मा कुल ३ सय २५ वटा टोयोटाका कार आयात गरेको थियो। २०२३ मा भने टोयोटाका कार आयात उल्लेख्य घटेर १ सय ७२ वटामात्र आएको छ।

images
images

काठमाडौं- विश्व बजारमा ‘कमनर्स’ अर्थात आम उपभोक्ताको कारका रुपमा रहेको टोयोटा नेपाली बजारमा भने प्रिमियम ब्रान्ड हो। संख्याका आधारमा विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने जापानी ब्रान्ड हो टोयोटा। 

images
images
images

टोयोटाको अफ रोड गाडी हाइलक्स सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ। महँगो मूल्य भएपनि विकास परियोजनाको पहिलो रोजाइमा पर्ने हाइलक्सको अहिले भने बिक्रीमा उल्लेख्य गिरावट आएको छ।

images

नेपाली बजारमा टोयोटाको कम मूल्यका कार छैन। विगतमा इटियोस थियो जुन अहिले आउँदैन। टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले उपलब्ध गराएकोमध्ये कम मूल्यको कार रजे हो भने यसको सुरुवाती मूल्य नै ६६ लाखभन्दा बढी छ। त्यस्तै महँगोमा ल्यान्डक्रुजर फुल अप्सनको मूल्य साढे ५ करोड रुपैयाँ पर्छ। 

images

टोयोटाले विश्व बजारका लागि विद्युतीय कार सार्वजनिक गरेपनि नेपालमा भने आएको छैन। हाल नेपाली बजारमा विद्युतीय कारको बिक्री उल्लेख्य रुपमा बढेको छ। विद्युतीय कार उपलब्ध नभएका ब्रान्डहरूले आफ्नो बजार हिस्सा गुमाउँदै गएका छन् भने विद्युतीय सवारी लिएर आएका नयाँ ब्रान्डहरूले बजारमा पकड जमाउँदै गएका छन्। 

images
images

सरकारको विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीतिअनुरुप बैंक तथा वित्तीय संस्थाले दिने कर्जामा समेत सहज बनाइएको छ। विद्युतीय सवारीका लागि बैंकहरूले ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् भने आईसी इन्जिन सवारीमा ५० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैनन्।

यसका अलावा अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बजारबाट माग नआउँदा सवारीसाधन बिक्रीमा कमी आएको हो। 

युनाइटेड ट्रेडर्सले एलसी खोलेर मगाएको गाडी भन्सार सीमामा आइपुगेको भएपनि सयौँ गाडी जाँचपास गराएको छैन। बजारमा गाडीको माग नभएकाले कम्पनीले भन्सार जाँचपास नगराएको हो। त्यस्तै अन्य दर्जनौँ ब्रान्डका गाडीहरू पनि यही अवस्थामा नेपाल सीमापारी याडमा रोकिएर बसेका छन्। 

युनाइटेड ट्रेडर्स सिन्डिकेटले २०२२ मा कुल ३ सय २५ वटा टोयोटाका कार आयात गरेको थियो। २०२३ मा भने टोयोटाका कार आयात उल्लेख्य घटेर १ सय ७२ वटामात्र आएको छ। २०२२ को तुलनामा २०२३ मा टोयोटाका कार आयात करिब ५० प्रतिशतले घटेको छ। 

२०२२ मा २२ वटा र्‍याभफोर हाइब्रिड र ३ वटा कोरोला क्रस हाइब्रिड आयात भएको थियो। त्यस्तै २०२३ मा २४ वटा र्‍याभ फोर र एउटा कोरोला क्रस हाइब्रिड आयात भएको तथ्यांक छ। 

२०२२ मा टोटोटाको सर्वाधिक बिक्री हुनेमध्येको एक हाइलक्स १ सय ६१ वटा आयात भएको २०२३ मा घटेर ७७ वटामा सीमित भएको छ। 

टोयोटाको एसयूभी प्राडो, ल्यान्डक्रुजर र फर्चुनर गरेर २०२२ मा ९९ सय वटा आयात भएको थियो। यसमा प्राडो ६४, ल्यान्डक्रुजर १८ र फर्चुनर १७ वटा आयात भएको तथ्यांक छ। 

२०२३ मा प्राडो, ल्यान्डक्रुजर र फर्चुनर गरेर जम्मा ५६ वटा आयात भएको छ। जसमा प्राडो ९ वटा, ल्यान्डक्रुजर ३२ वटा र फर्चुनर १५ वटा आयात भएको हो। 

त्यस्तै टोयोटाको रेगुलर र्‍याभफोर र रस २०२२ मा क्रमशः ४ र १४ वटा आयात भएको थियो भने २०२३ मा र्‍याभफार आयात भएको छैन भने रस २ वटा आयात भएको छ। साथै टोयोटाको क्रसओभर एसयूभी रेज २०२२ मा २२ वटा आयात हुँदा २०२३ मा १२ वटा आयात भएको हो। 

images

प्रकाशित : शनिबार, वैशाख १५ २०८११०:२७

प्रतिक्रिया दिनुहोस