बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतमा गएका श्रमिक भन्छन् ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ३ २०७८
भारतमा गएका श्रमिक भन्छन् ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

जाजरकोट बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो। श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा।

काठमाडौं- जाजरकोट बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो। श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा।

कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताए। रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उन भनाइ छ। ‘दिनमा  भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइदोरहेछ’, उनले भने। सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदोरहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए। नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइले दुःख सुखमा साथ दिएका छन् उनलाई।

भारतमा काम गरेर फर्केपनि न त उहाँको जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुन सक्यो। आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिनन्छन उनी।  सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताउनुभयो । उहाँ आउँदा रित्तै भाइबुहारीको घरमा फर्किए .। न कमाइ भयो, न उमेर रह्यो। भारतीय भूमिमा उर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो। 

उनीहरुको जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो यो। गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाइ राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन्। बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गएका थिए। कालापारमा कमाइ गर्न जानुभएका उनी परिवार पाल्न समस्या भएपछि नेपाल फर्किए। अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन्। 

उनले भने, ‘भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ।’ ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उहाँको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उनको बुझाइ छ।  

अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन्। गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए। अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताए। आफूसँगका साथीहरु, पढाइलेखाइ गरेर जागीरे जिन्दगी बिताउँछन्आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाइ छ । 


प्रकाशित : शनिबार, पुस ३ २०७८०३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend