शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

६२० किमि रेन्ज दिने प्रिमियम ईभी एसयूभी स्काइवेल ईटी फाइभ सार्वजनिक

बिहीबार , वैशाख ६ २०८१
६२० किमि रेन्ज दिने प्रिमियम ईभी एसयूभी स्काइवेल ईटी फाइभ सार्वजनिक

स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चीनको प्रख्यात ब्रान्ड स्काइवेल प्रिमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ।

६२० किमि रेन्ज दिने, फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त रियल ईभी बिहीबार जी मोटर्सको भक्तपुरको राधेराधेस्थित स्काइवेल शोरुमको उद्घाटनसमेत गरिएको छ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सी यु, स्काइवेल न्यू इनर्जी भेहिकलका चिनियाँ प्रतीनिधि थोमस जु र जी मोटर्सका अध्यक्ष दुर्गाप्रसाद गेलालले संयुक्त रुपमा शोरुमको उद्घाटन गरी गाडीसमेत सार्वजनिक गरेका हुन्।

सोही कार्यक्रममा ९ जना ग्राहकलाई कम्पनीले स्काइवेल ईटी फाइभ डेलिभरी पनि गरेको छ।

skywell 2.jpg

नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्ड सार्वजनिक गरेको जी मोटर्सले छोटो समयमा स्काइवेलको प्रिमियम एवम् नेपालमै सबैभन्दा धेरै रेन्ज ६ सय २० किमिको दुरी एकपटकको चार्जमा तय गर्ने र १ सय ५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको दाबी छ।

गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको नि:शुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिनाभर रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए।

त्यस्तै कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक गेलालले आफैँले ४ हजार किलोमिटरभन्दा बढी चलाएर परिक्षण गरेकाले पर्फमेन्स, लग्जरी, रेन्जलगायतका विषय स्काइवेल ईटी फाइभ अब्बल पाएसँगै बिक्री सुरु गरेको बताए। 

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत  ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

skywell 1.jpg

स्काइवेल ईटी फाइभका प्रिमियम विशेषताहरु 

-८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
-१ सय ५० किलोवाट मोटर
-सीएनसीएपी फाइभ स्टार सेफ्टी
-६ सय २० किमि रेन्ज फर्स्ट टाइम इन नेपाल
-अटो पार्किङ
-मेट्रिक्स लेजर हेडलाइट
-मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
- फुल साएज प्यानारोमिक सनरुफ र मुनरुफ

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ भित्र्याएको हो। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ।

स्काइवेल ईटी फाइभ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।

स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

skywell 3.jpg

यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टपस्पिड १ सय ६० प्रतिघण्टाभन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतीको सवारी ड्राइभिङ अनुभूति दिलाउने छ।

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित एक्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।

स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ। जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

पछिल्लो समय विद्युतीय सवारी प्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो। विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको हो।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आबद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत उनी स्वाइवेल ब्रान्डसहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन्।


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend